टोपेन्द्र रोका मगर
पूर्व गृहमन्त्री रवि लामिछाने नेतृत्वको सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएकाे छ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपेक्षा गर्दै गृहमन्त्रालय नदिने जनाएपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरे पनि सरकारलाई दिएकाे समर्थन भने फिर्ता नलिने सभापति रवि लामिछानेल बताएका छन्।
प्रचण्ड सरकारमा रास्वपाका दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन्। रास्वपाबाट सरकारमा सहभागी श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री डाेलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. ताेसिमा कार्कीले आजै प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजिनामा बुझाउने सभापति लामिछानेले बताए।
त्यसअघि सभापति लामिछानेले सर्वाेच्च अदालतकाे फैसालापछि सांसद पद र गृहमन्त्री गरी चार पद एकै पद गुमाएका थिए। लामिछानेले सर्वाेच्च अदालतकाे आदेशअनुसार नेपाली नागरिकता दिएर पुन: गृहमन्त्री बन्ने चाहे पनि प्रधानमन्त्रीले साे पद दिन तयार नभएपछि रास्वपा सरकारबाट बाहिरिएकाे छ।
भिडियाे:
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया