१२ पढेका युवकले बनाएको डरलाग्दो 'एप', जसले डाउनलोड गर्‍यो उसको पैसा चैट्!

पहिलोपोष्ट

काठमाडाैँ

ललितपुरका हरिप्रसाद ढकालको मोबाइलमा एकाएक बैंकबाट अलर्ट म्यासेज आयो, पैसा काटियो भनेर। उनले न कसैलाई चेक दिएका थिए न त आफ्नो मोबाइल नम्बर नै। पुस २५ गते बेलुका ७ बजेतिर,  पुरा म्यासेज पढे उनले - एनआइसी बैंकमा रहेको खाताबाट रकम काटेको थियो।

कुनै त्रुटिले काट्यो होला? कहिले काहीँ मोबाइल बैङ्किङमा प्राविधिक कारणले पनि पैसा काटिने गरेको छ।  फेरि फिर्ता आउला नि! यही आशमा त्यो रात कटाए उनले। तर भोलिपल्टसम्म उनको रकम फिर्ता आएन। बरु उल्टै भोलि पनि त्यसै गरी रकम घटेको म्यासेज आयो। उनको खाताबाट दुई पटकमा चार लाख रुपैयाँ काटिसकेको थियो।

त्यसपछि उनी हतारहतार पुगे जावलाखेलमा रहेको जिल्ला प्रहरी परिसर ललितपुर। ढकालको कुरा सुनेर प्रहरी पनि अचम्ममा परे। त्यसपछि खातामा भएको रकम हिनामिना भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गर्‍यो। अनुसन्धानकै क्रममा प्रहरीले ८ जनालाई पक्राउ गर्‍यो। जसको लहरो हरि ढकालको मोबाइल बैङ्किङबाट घटेको प्रकरणसम्म जोडिएको छ।

प्रकाशित मिति: : 2023-02-03 18:31:00

प्रतिकृया दिनुहोस्