‘द्वन्द्वकालले जागिरको सपना टुटायो, अहिले अटो चलाएरै लाखौँको सम्पत्ति’

रातोपाटी

काठमाडाैँ

  एउटा भनाइ छ– ‘सुख खोज्नुपर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।’ के पनि भनिन्छ भने ‘दुःखले आशाको जन्म दिन्छ ।’ वीरेन्द्रनगर नगरपालिका–१, त्रिपुरेश्वर टोलकी मीना कँडेलको जीवनमा पनि यो उक्तिले सार्थकता पाएको छ । कुनै बेला रोजीरोटीकै लागि श्रीमानसहित भारतको दिल्ली पुगेकी उनी अहिले सुर्खेतमै अटो चलाएर नै मनग्गे आम्दानी गरिरहेकी छन् । 

दुई छोरा, श्रीमानश्रीमती गरी मीनाको चार जनाको परिवार छ । जेठो छोरा ८ र कान्छो ६ कक्षामा पढ्दैछन् । मीनाले परिवारको खर्च धान्ने मात्र होइन, अटो–रिक्सा चलाएर लाखौँको सम्पत्ति पनि जोडिरहेकी छन् । अटोरिक्सा चलाएर नै वीरेन्द्रनगरको त्रिपुरेश्वरमा २८ लाख रुपैयाँको घडेरी किनेकी छन् । उक्त घडेरीको २३ लाख रुपैयाँ बुझाइसकेकी छन् भने बाँकी पाँच लाख ऋण यही वर्षमा तिरिसक्ने उनको लक्ष्य छ ।  

प्रकाशित मिति: : 2023-02-03 18:16:00

प्रतिकृया दिनुहोस्