क्षेत्राधिकार मिचेर विमानस्थलको जग्गामा निस्सा बाँड्दै मन्त्री

रातोपाटी

काठमाडाैं

बारा । राष्ट्रिय गौरवको आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र बसोबास गर्ने स्थानीयहरूलाई कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले जग्गाको निस्सा (प्रमाण) वितरण गरेकी छिन् । क्षेत्राधिकार मिचेर सरोकारवाला निकायलाई जानकारी नै नगराई मन्त्री साहले स्थानीय तहसँग मिलेर विमानस्थलको जग्गामा बसोबास गर्ने स्थानीयहरूलाई  जग्गाको प्रमाण वितरण गरेको आरोप लागेको छ ।

शनिबार जग्गाको निस्सा बाँड्दै मन्त्री साहले ६ महिनाभित्र टाँगियावस्तीमा बसोबास गर्नेहरुको लालपुर्जा समेत चलनचल्तीमा ल्याउने प्रतिबद्धता जनाएकी छिन् ।

‘अहिले निस्सा वितरण गरेर जग्गा दिने अधिकार सुनिश्चित बनाएका छौँ, अबको ६ महिना भित्र जग्गाको लालपुर्जा दिने छौ, शनिवार ३ सय घरधुरीलाई जग्गाको प्रमाण बाँड्दै मन्त्री साहले भनेकी थिइन्, ‘सरकारले टाँगियावस्तीलाई निकै चासोकासाथ हेरिरहेको छ, हामी यहाँको विकासमा एकरत्ती पछि पर्नेछैनौँ, टाँगियावस्तीका जनताको भूमि अधिकार,शिक्षा स्वास्थ्यको अधिकार प्राप्तिका लागि हरदम प्रयास रहने छ ।’

प्रकाशित मिति: : 2023-02-01 15:49:00

प्रतिकृया दिनुहोस्