चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

उकेरा

उज्ज्वल आचार्य

पत्रकार, चिकित्सक अनि इन्जिनियरिङ पेशा भनेको उस्तै हो, सधैँ अपडेट भइरहनुपर्ने। नयाँ-नयाँ रोग अनि नयाँ-नयाँ औषधि आइरहन्छन्। त्योबारे जानकार हुन चिकित्सकले पढिरहनै पर्‍यो। अभ्यास गरिरहनुपर्‍यो।

अब इन्जिनियरिङ क्षेत्रमा पनि नयाँ प्रविधि र डिजाइनहरू आइरहन्छन्। त्यसमा अपडेट हुन सिक्नै पर्‍यो। 

अब पत्रकारिता पनि यस्तै पेशा त हो। एक पटक फाइभ डब्लु वन एच पढेर, हेडलाइन, लिडलाइन अनि बाइलाइन भनेको के हो भनेर सिकेर जीवनभर पत्रकारिता गर्ने सीप पक्कै आउँदैन। त्यो आधारभूत सीप मात्रै हो। 

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो। 

अहिले त के-के आइसक्यो के-के। डेटा जर्नालिजम आएको छ, मोजो (मोबाइल जर्नालिजम) आयो। पडकास्ट आइसक्यो। अब यी सबै नयाँ प्रविधिमा पोख्त नहुने हो भने पक्कै पछि परिन्छ।

अब यीबारे जान्न सिक्नै पर्छ। ह्या समाचार लेख्न आइहाल्छ नि के सिक्नु भनेर हुन्न अहिले।

प्रकाशित मिति: : 2023-02-01 12:22:00

प्रतिकृया दिनुहोस्