बिएल संवाददाता
अमेरिकाको मेरिल्याण्ड राज्यका नेपालीमुलका विधायक डा. ह्यारी भण्डारी मेरिल्याण्ड संसदमा एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर ककसको अध्यक्ष चुनिएका छन्। ककसको प्रथम उपाध्यक्षमा डेलिगेट मार्क चाङ, द्वितीय उपाध्यमा डेलिगेट लिली शी, सचिवमा सिनेटर क्लारेन्स ल्याम्ब र कोषाध्यक्षमा डेलिगेट चाव वु रहेका छन्।
डा. भण्डारी यसअधिको कार्यकालमा एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर ककसको उपाध्यक्ष थिए।
यो मेरिल्याण्ड संसदको माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ एसेम्बेली दुबैमा निर्वाचित एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्ड मूलका सिनेटर र विधायकको ककस हो।
यसले मेरिल्याण्ड राज्यमा एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डरका मुद्दाहरूमा पैरवी गर्दै तिनीहरूलाई नीतिगत रूपमा सम्बोधन गर्ने प्रयास गर्छ । यस अतिरिक्त यसले अन्य राज्यका यस्तै विधायिकी ककससँग सहकार्य गर्दै संघीय ककसमार्फत् एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डरका मुद्दालाई नीतिगत रूपमा सम्बोधन गर्न पैरवी गर्छ।
अमेरिकामा एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डका ७५ देशका अल्पसंख्यक आप्रवासी रहेका छन्। एक नेपालीले मेरिल्याण्डजस्तो ऐतिहासिक राज्यको संसदमा त्यति ठूलो समुदायलाई प्रतिनिधित्व गर्ने ककसको नेतृत्व गर्नु ठूलो उपलव्धी हो।
अमेरिकाको मेरिल्याण्ड राज्यका नेपालीमुलका विधायक डा. ह्यारी भण्डारी मेरिल्याण्ड संसदमा एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर ककसको अध्यक्ष चुनिएका छन्। उनी ७५ देश मूल भएका अल्पसंख्यक आप्रवासी जोडिएको यो ककसको अध्यक्ष हुँदा अमेरिकामा नेपाल र नेपाली अरू देखिने र सुनिने भएको छ।
अमेरिकामा नेपाली मूलको पहिलो विधायकका रूपमा इतिहास बनाएका डा. ह्यारी भण्डारीले अर्को एउटा इतिहास बनाएका छन्। यसका लागि उनी वधाइका पात्र छन्।
डेलिगेट भण्डारीका लागि यो एक चुनौतिको पहाड र अवसरको मैदान दुबै हो। चुनौतिको पहाड यसकारण कि उनले नेपाल र नेपालीको गरीमामय छवि प्रस्तुत गर्दै आफूलाई सक्षम र सबल रूपमा उभ्याउनुपर्ने हुन्छ। र, नेपाली सक्षम हुन्छन् भन्ने पुष्टी गर्नु पर्छ।
अवसरको मैदान यस कारण कि उनी मेरिल्याण्ड संसदमा एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर ककसको अध्यक्ष भएका छन्। यसबाट उनले आफ्नो नेतृत्व क्षमता पुष्टी गर्ने र अमेरिकामा नेपाल र नेपालीलाई अरू देखिने र सुनिने बनाउन सक्नेछन्।
डेलिगेट डा. भण्डारीले आफू सामु उभिएको यो चुनौतिको पहाडलाई अवसरको मैदान बनाउन सकुन्। अमेरिकाको नेपाली समुदायले यही कामना गरेको छ र गर्नु पनि पर्छ।
डा. भण्डारीको यो सफलताबाट अमेरिकामा नेपाल र नेपाली अरू देखिने र सुनिनेछ। त्यसको प्रत्यक्ष र अप्रत्य लाभ घरदेश र परदेशमा भएका सारा नेपालीले रचनात्मक र सकारात्मक भएर उठाउन सक्नेछन्।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया