
बिएल संवाददाता
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिले आफ्नो आम्दानी सामाजिक क्षेत्रमा लगानी गरेको छ।
आर्थिक वर्ष २०७८\७९ मा सामुदायिक वनले वन पैदावार बिक्री गरी भएको रु एक करोड बराबरको आम्दानी सामाजिक क्षेत्रमा लगानी गरेको समूहका अध्यक्ष पुण्य चोखालले जानकारी दिए।
वनबाट भएको आम्दानी भवन, पोखरी, सडक निर्माण तथा पहिरो नियन्त्रण र शिक्षाका क्षेत्रमा लगानी गरिएको छ। समितिको २४औँ साधारणसभा तथा नवौँ अधिवेशनका अवसरमा सार्वजनिक गरिएको आर्थिक प्रतिवेदनमा वन पैदावर बिक्रीबाट भएको आम्दानीलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा लगानी गरिएको उल्लेख छ।
डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले सामुदायिक वनबाट भएको आम्दानी सामाजिक काममा खर्च गर्नु राम्रो भएको बताए। उनले वन संरक्षणमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए। बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले वडा क्षेत्रमा पर्ने सामुदायिक वनको संरक्षण र प्रवद्र्धनमा वडाले सक्दो सहयोगको प्रतिबद्धता जनाए। छ सय एक जना उपभोक्ता रहेको सो सामुदायिक वन जिल्लाकै अगुवा सामुदायिक वन मानिन्छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया