बिएल संवाददाता
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिले आफ्नो आम्दानी सामाजिक क्षेत्रमा लगानी गरेको छ।
आर्थिक वर्ष २०७८\७९ मा सामुदायिक वनले वन पैदावार बिक्री गरी भएको रु एक करोड बराबरको आम्दानी सामाजिक क्षेत्रमा लगानी गरेको समूहका अध्यक्ष पुण्य चोखालले जानकारी दिए।
वनबाट भएको आम्दानी भवन, पोखरी, सडक निर्माण तथा पहिरो नियन्त्रण र शिक्षाका क्षेत्रमा लगानी गरिएको छ। समितिको २४औँ साधारणसभा तथा नवौँ अधिवेशनका अवसरमा सार्वजनिक गरिएको आर्थिक प्रतिवेदनमा वन पैदावर बिक्रीबाट भएको आम्दानीलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा लगानी गरिएको उल्लेख छ।
डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले सामुदायिक वनबाट भएको आम्दानी सामाजिक काममा खर्च गर्नु राम्रो भएको बताए। उनले वन संरक्षणमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए। बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले वडा क्षेत्रमा पर्ने सामुदायिक वनको संरक्षण र प्रवद्र्धनमा वडाले सक्दो सहयोगको प्रतिबद्धता जनाए। छ सय एक जना उपभोक्ता रहेको सो सामुदायिक वन जिल्लाकै अगुवा सामुदायिक वन मानिन्छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया