विषादीयुक्त जडीबुटी खाँदा एकजनाको मृत्यु, तीन बिरामी

चन्दननाथ नगरपालिका– ८ रोकायाबाडामा खानामा जडीबुटी मिसाएर खाँदा ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको छ । अन्य तीनजना बिरामी परेका प्रहरीले जनाएको छ ।

बिरामी पर्नेहरूमा ३८ वर्षीय तिल धराला, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । बिरामीमध्ये तिल घरधनी हुन् भने अन्य सबै उनको घर बनाउन ज्यालामा आएका डकर्मी हुन् ।

प्रकाशित मिति: : 2023-01-26 09:23:00

प्रतिकृया दिनुहोस्