 
                                            
                                        
                                     
                                सञ्जाेग आचार्य
 
                                बेलायतका चर्चित दार्शनिक फ्रान्सिस वेकनले भनेका छन्,‘मैले सुरुवातमा गरेका एक सय काममध्ये ९० वटामा असफल हुन्थे। त्यही असफलताबाट सिक्दै सयौँ पटकको काममा भने म सफल भएँ।’
अर्थात्, असफलता नै सफलताको प्रतीक हो। ढुङ्गालाई कुटेर नै मूर्ति बन्ने हो। मानिसको जन्म नै रुन्चे अनुहार लिएर हुन्छ, त्यसैले उसको जीवनमा दुःखहरु आइरहन्छन्। कोही मानिस आफू दुःखी भएन भने अरुको दुःखबाट पनि उ दुःखीत हुने गर्दछ।
जीवनमा ऋण लाग्नु, ठक्कर खानु, हरेस खानु, निराशा छाउनु स्वभाविक नै हो। त्यसैको आधारमा कोही पनि युवाले आत्मदाह र आत्महत्या भन्ने गर्नु हुँदैन। अमेरिकालगायत विकासित देशमा त ऋण लाग्नुलाई गुड क्रेडिडमा नै मानिन्छ।
तपाईंले कुनै कामको लागि प्रयत्न गरिरहनुभएको छ र त तपाईं सफल वा असफल हुनुभयो। परीक्षा दिने मान्छे नै पास वा फेल हुने हो। सुरुमा काँडामा हिँडेर फूलमा हिँड्नुको मजा नै बेग्लै छ। संसारका सफल मानिसहरुको जीवनी पढ्नुभयो भने ती सबै असफलताबा गुज्रेर नै आएका हुन्।
फेरि, सफलताको मापन के हो ? तपाईं के कुरालाई सफल मान्नुहुन्छ ? पैसा, पद र परिवार ? यी सबै चीज छोडेर गौतमबुद्ध ज्ञानको खोजीमा निस्किए। अब त्यसलाई के भन्ने ?
अहिले नेपालमा युवाहरु सफलताको छोटो मार्गको खोजीमा भौतारिरहेकाे देख्छु म। जीवनमा पहिलो खुड्किला नटेकिकन एक्कासी माथि उक्लिँदा लड्न पनि सकिन्छ। सयौँ दुःखका खुड्किला पार गरेपछि मात्र तपाईंले जीवनको असली अर्थ थाहा पाउनुहुन्छ। दुःख नगरिकन कसैलाई अरबौं रकमको चिठ्ठा पर्याे भन्दैमा आफूले परिश्रम गर्न भने छाड्नुहुन्न। कसैको भाग्य नै त्यस्तै हुन्छ त तपाईं के गर्नुहुन्छ। कोही पहिलो पाइलामा नै सयौं खुट्किला माथि उक्लिएर सर्वाेच्चस्थान हासिल गर्ने ग्रह नै बोकेर आएका हुन्छन्। त्यस्ता केही अपवादका पात्रलाई छोडेर आफूभन्दा तल्लो वर्गका मानिसलाई हामीले हेरौँ। संसारमा दुःखका कति प्रकारहरु छन्।
यही प्रसंगमा तपाईंलाई म एउटा सत्य कथा पनि सुनाउन चाहन्छु:
एकदिन १० वर्ष विदेशमा काम गरी स्वदेश फर्किदै गरेका एक युवकले निराश अनुहार पार्दै गाउँको शिक्षकसँग भन्छ, ‘सर मैले जीवनमा धेरै दुःख पाएँ, परदेशमा यत्रो काम गरी घर बनाउने र विवाह गर्ने पैसा पनि कमाउन सकिनँ ?
उत्तरमा शिक्षकले भनेछन्, ‘हो, त्यसभए तिमीसँगै एसएलसीसम्म पढेका सबै साथीहरु के-के गर्दै छन् एक पटक खोजेर ल्याउन त।’
त्यपपछि त्याे युवक साथीको खोजीमा गाउँतिर निस्किन्छ। कतिपय साथीको सानो उमेरमा नै विवाह भएको रहेछ। कोही पढाइ र करियरलाई निरन्तरता दिन नसककेकोमा ठुलो पीडामा रहेछन। कतिपय साथी पारिवारिक बोझका कारण उमेर नै नपुगी कपाल फुलेर बुढो देखिने भइसकेका रहेछन्। कोही साथीको रोगको कारण मृत्यु पनि भइसकेको रहेछ। केही साथी व्यापार व्यवसाय नफस्टाएर गाउँमा ऋणमा चुर्लुम डुबेका रहेछन्। केही साथी श्रीमति र छोराछोरीको कारण घर/बारविहीन भएका रहिछन्। कोही साथी रोगी भएर कठिन जीवन बिताइरहेका थिए। यो सब देखेर उसले आफूलाई मूल्यांकन गर्याे र जीवमा मभन्दा दुःखी पनि अरु रहेछन् भन्ने पत्तो पायो।
त्यसपछि सरलाई धन्यवाद भन्दै काममा निस्कियो।
मैले यो सव के अर्थमा भनिरहेको छु भने, परदेशमा रहेका हामीजस्ता युवा बिहान आँखा मिच्दै घरदेशका राम्रा समाचार हेर्न आत्तुर हुन्छौँ। तर, केही समाचारले यतीसम्म दुखी बनाउछ कि त्यसको कसरी ब्याख्या गराैँ म। राति सुत्दा राम्रो सपना देख्ने हामीजस्ता युवालाई बिहान उठ्नै बित्तिकै यस्ता खबरले फेरि निराश बनाउछ।
लामो फेसबुक स्टाटसमा देशको अवस्था वर्णन गर्दै निराशा पोख्दै एउटा युवकले आगो लगाएर आत्मदाह गर्छ। त्यो भन्दा पीडादायी समाचार अरु के हुन सक्छ ? त्यो स्टाटस् पढ्ने अरु युवाको हालत के भयो होला ? कतिपयले यसो भनेको पनि सुनेँ ‘मेरो पनि हालत यस्तै छ।’
यसले समाज कता जाँदै छ। युवाहरुमा किन यस्तो निराशा ? के आत्मदाहले सबै समस्याको समाधान निस्कन्छ त ? आत्मदाह गर्नुभएका प्रेमप्रसाद आचार्यप्रति मेरो हार्दिक श्रद्धाञ्जली छ। तर, जीवनमा ऋण लाग्यो, व्यापार/व्यवसायमा सफल भइनँ, छिमेकी, साथी-भाइ र आफन्तले पैसा खाइदियो, सरकारको नीति राम्रो भएन, परीक्षामा फेल भए, प्रेमीले विवाह गरेन भन्दै आत्महत्या र आत्मदाह चाहिँ प्लिज नगरिदिनुहोला। तपाईंको जीवन तपाईंको मात्र हाेइन। तपाईंको लागि पनि अरु कोही बाँचिरहेको छ। यसको भन्ने हेक्का राखिदिनुहोला।
अँध्यारोपछि आउने उज्यालो नै हो। रातपछि दिन अवश्य नै आउँछ। कुनै देशमा छिटो सूर्य उदाउँछ भने कुनै देशमा ढिलो अस्ताउँछ। पृथ्वीको भौगोलिक बनोट नै यस्तै छ। तपाईं जुन देश, ठाउँमा भए पनि अस्ताएको सूर्यले उदाउनैपर्छ। त्यसैले आफ्नो अमूल्य जीवनको मूल्य बुझ्नुहोस्, निराश भएर नकारात्मक कदम नचाल्न यही लेखमार्फत् म अहिलेका युवा वर्गलाई विनम्र अनुरोध गर्न चाहन्छु।
धन्यवाद।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया