बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त ८ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन्।

गंगानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री, -युवराज दुलाल 'शरद'ले भौतिक पूर्वाधार विकास मन्त्री, कुमारी मोक्तानले सामाजिक विकास मन्त्री, केशवप्रसाद पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रीकाे शपथ लिएका हुन्।

त्यसैगरी श्रम रोजगार तथा यातायात मन्त्रीमा एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रीमा डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रीमा राजु बिष्टले शपथ लिएका छन्।

प्रकाशित मिति: : 2023-01-25 14:33:00

प्रतिकृया दिनुहोस्