 
                                            
                                        
                                     
                                ध्रुब बस्याल
 
                                गत स्थानीय तहको निर्वाचनपछि काठमाडौँको मेयरमा अप्रत्यासित जित निकालेका बलेन साहसँग पराजित भए पनि सुमन सायमीले भनेका थिए, ‘म हारे त के भयो, म जस्तै युवालाई काठमाडौँले मेयर पाएको छ। अब हामी सँगै मिलेर काठमाडौँको विकास गर्छौँ।’ सुमन त्यतिमा मात्रै रोकिएनन् बालेनसँगै गाडीमा चढेर विजय जुलुस पनि मनाएका थिए।
सुमनको त्यो अभिव्यक्ति र प्रस्तुतीले काठमाडौँले सबैलाई नयाँ सन्देश दिएको थियो, अब युवाहरु मिलेरले समृद्धिको यात्रा तय गर्ने छन्। तर, त्यो क्षणको एक वर्ष नपुग्दै सुमन बालेनविरुद्व खुलेरै लागेका छन्। उनले केही दिनअघि रत्नपार्कमा उभिएर भने, ‘मेयर बालेनले कानुनविपरीत भत्काउनेबाहेक अरु काम गरेका छैनन्।’
हिजाे बालेनलाई साथ दिन्छु भनेका सुमनले यही १५ गते माइतीघर मण्डलामा महानगर र बालेनविरुद्ध विशाल विराेध सभा गर्दै छन्। आखिर सबैले राम्राे भनिएका बालेनविरुद्ध विराेधसभा नै गर्नुपर्ने अवस्था कसरी सिर्जना भयाे ? के मेयर बालेन साहले काम गर्नै नसकेका हुन् ? यी र यिनै विषयमा रहेर उनै सुमन सायमीसँग बिएल नेपाली सेवाकाे लागि ध्रुब बस्यालले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:
खुरुखुरु काम गरिरहेका मेयर बालेन साहकाे तपाईंहरुले किन बिराेध गर्नुभएकाे छ ?
बालेनजीले निर्वाचन जितेपछि म पनि निकै खुसी भएकाे थिएँ। मैले नै उहाँलाई राम्रो गर्दासम्म सहयोग पनि गरेको हुँ। तर, जब उहाँ कानुन र संविधानविपरीत जान थाल्नुभयो, विना आधार, विना प्रमाण नै मनलाग्दी ढङ्गले जुन प्रकारले काम गरिरहनु भएको छ, जस्तो कि शंखमुलको घटनामा म आफैं सहभागी थिएँ, त्यहाँ कानुन नाघेर काम गरिरहेको मैले देखेर पनि नदेखे जस्तो गर्नुभएन। त्यसैले यस्तो गलत गर्न हुँदैन भनेर सचेत गराउन लागेको हौँ।
 काम गर्न त समय दिनुपर्ला नि अहिलै हतार गरेर विरोध गर्नु उचित हाेइन होला नि ?
काम गर्न त समय दिनुपर्ला नि अहिलै हतार गरेर विरोध गर्नु उचित हाेइन होला नि ?
काम गर्न समय लाग्छ तर कानुनविपरीत ३० वर्ष पहिलेदेखि नभएको काम ३० दिनमा नै गर्छु भन्नु गलत हो। काम गर्दै गर्दा अध्ययन गरेर काम गर्नुपर्छ, विना अध्ययन काम गर्नु हुँदैन, त्यसैले गर्दा संकट उत्पन्न भइरहेकाे छ। अध्ययन गरेर काम गर्नुस्, अहिले पनि मेरो समर्थन छ तर यसरी कानुनविपरीत, अध्यनविना काम नगर्नुस् मात्र भनेको हो। काम नगर्न दिएको भन्न मिल्दैन।
तपाईं चुनाव हारेर पनि बालेनसँग काम गर्छु भन्दै र्याली मनाउँदै हिँड्नु भएको थियो, खास तपाईंहरुको कनेक्सन कहाँबाट बिग्रियो ?
सही तरिकाले काम गर्नुस्, म अहिले पनि हात र काँध मिलाउछु। तर, गैरकानुनी, संविधानविपरीत हुन भएन। निर्णय गरिरहदै गर्दा संविधानको धजिया उडाइ काम हुनुभएन। उहाँलाई सचेत गराउनु छ, अहिले पनि राम्रो गर्नुस् म साथ दिन्छु। व्यापारिक हस्तक्षेप गरिरहेको बेला गर्नुभएको काम राम्रो थियो, म खुसी थिएँ। म बाट मेयरले जे-जे सहयोग चाहिन्छ सहयोग पनि गरेको थिएँ, फोन सम्पर्क भइरहन्थ्याे। तर, बालेनजी पटक–पटक गैरकानुनी काम गरिरहनुभयो र मिडियाले जिताएको उहाँ मिडियासँग पनि बोल्न छोड्नुभयो।
नेपालमा कानुन छ। कानुन सबैले मान्नुपर्छ। कानुन पालना गर्ने प्रक्रिया हुन्छ, त्यो प्रक्रिया नै मेयरले अपनाउनुभएन। पत्रचारविना कसैको निजी सम्पति भत्काउन खोज्नु भयो। कसैले सरकारले लिने कर तिरिरहेको छ, कानुनअनुसार हुने काम कुरा मानिरहेको छु भने मैले दाबी गर्न मिल्छ। जस्तो कि दिशा निर्देशनको विकास गर्ने कुरामा संविधानमा भएको कुरा धारा २५ र ३७ जनताको आवास र सम्पतिको अधिकार दिएको छ। यो कुरा उहाँले बुझ्नुपर्ने हाेला। संविधान अध्ययन गरेर काम गर्नुस्, मात्र भनेको छु। सम्बन्ध राम्रो गरे राम्रो नै रहन्छ।
 सँगै मिलेर काम गर्छौँ भन्नु भएको थियो तपाईंलाई बालेनले टेरेनन् कि तपाईं ?
सँगै मिलेर काम गर्छौँ भन्नु भएको थियो तपाईंलाई बालेनले टेरेनन् कि तपाईं ?
मेयर बालेनले जनतालाई टेर्न छोडेका छन्। भत्काइ रहदै गर्दा मैले धेरै पटक भनेँ रोक्नुस् अध्ययन गरेर मात्र काम गराैँ। पहिले गलत र सही पत्ता लगाऊ, गलत गरेको भए भत्काउन म आफैं सहयोग गर्छ भनिरहेको हुन्छु। विकासका लागि जनताले मिलेर जान सक्नुपर्छ भन्दा पनि उल्टै नगर प्रहरी थपेर भत्काइ रहनुभएको छ। विना सूचना कसैको सम्पति भतकाउन हुँदैन। यस्तो गल्ती पटक–पटक भइरहेको छ। सुधारका लागि हाम्रो सचेत अभियान हो, विरोध हाेइन।
उपत्यका विकासले गर्ने काम महानरले गरिरहेको छ। यो काम महानगरको हाेइन, आफ्नो क्षेत्राधिकारमा पर्दैन, क्षेत्राधिकार नभएको ठाउँमा निर्णय गर्नु राम्राे हाेइन। नत्र उपत्यका विकास प्रधिकरण खारेज गर्नुस् काम गर्दा कानुन पालना गर्नुस भन्ने हो। मेयरले हामी जनतालाई कानुनविपरीत गएर टेर्न छोडे।
खास के हो त महानगर र बालेनले गर्नुपर्ने काम ?
आफूले घोषणा पत्रमा लेखेको कुरा अनुसार काम गर्नु पर्थ्याे, त्यो गरेको देखिँदैन। हाेइन भने योजना अध्ययनविना घर भत्काउने, १५०औँ वर्ष पुरानो टुकुचा कोट्याउन जाने, त्यहाँ लगभग ५८० घरहरु छन। तुकुचा फुटाएर घरहरु छन् भनेर मनलाग्दी गर्ने। उहाँको क्षेत्राधिकारभित्र नपर्ने कुरामा गएर त्यो गमबुढ फुटाउँदा समस्या देखिएको छ। अध्ययनविना मनलाग्दी गरेको देख्दा जनता चुप लागेर बस्नु हुँदैन। जताततै समस्या मात्र उत्पन्न भएको देखिन्छ। कुनै सार्वजनिक सुनाइ छैन, सार्वजनिक कुरामा केही गर्दा सार्वजनिक सुनाइ हुनुपर्छ, जस्तो कि टुँडिखेलमा कहाँदेखि कहाँ थियो ? यो एसियाको ठुलो खुल्लाचौर हो। यो क्षेत्र पुर्खाहरुले सजाएर राखेको ठाउँ हो। भूकम्प आउँदा सुरक्षित बस्नेका लागि उचित थियो, पानी आउथ्यो, अहिले अतिक्रमण गरेर ताल्चा लगाएर राखेको छ। कानुनका कुरामा पनि मान्छे हेरेर लगाएको छ। सबै कुरालाई सुधार गरेर कानुनलाई मानेर घोषणा पत्र अनुसार काम गर्नुपर्छ।
 बालेन किन असफल हुँदैछन् के उनमा काम गर्ने क्षमता नभएको हो ?
बालेन किन असफल हुँदैछन् के उनमा काम गर्ने क्षमता नभएको हो ?
क्षमता नै नभएको होइन, क्षमता होला तर बालेनका सल्लाहकार मान्छेहरु गलत प्रवृत्तिका मान्छे परेका कारण यस्तो भएको हो। उनीहरु अन्य क्षेत्रमा काम गरिसकेका मान्छेहरु छन्। उनीहरुले डोजर चलाएपछि पैसा पनि कमाइन्छ, प्रसंशा पनि हुन्छ, विकास पनि हुन्छ भनेर सल्लाह दिएपछि बालेनले डाेजर चलाउन उचित लागेर डाेजर चलाएका हुन्। जता गए पनि डाेजर लिएर हिँड्न थाल्नुभयो। अब त नम्बर प्लेटविनाका डाेजरसमेत बोकेर हिँडेको देखिन्छ। यो शैलीमा अराजक देखिन्छ। जनप्रतिनिधि जनताको पीडामा सहकार्य गर्ने हाे, भेटघाट गर्ने हो तर मेयर जनताप्रति उत्तरदायी छैन। त्यसैले असक्षम देखिएका हुन।
बालेनकै कारण नेवा: (नेवार) समुदायमा बिग्रोह आएको सुनिन्छ, यसलाई कसरी लिनुहुन्छ ?
मेयरज्यू आफ्नो क्षेत्र अधिकारमा बसेर काम गर्नुस् भन्ने हो। समुदाय छुट्याएर जनप्रतिनिधि जातिवादी भएर काम गर्नु हुँदैन। यसमा त्यस्तो कुनै टिप्पणी छैन।
अन्त्यमा, १५ गतेको आन्दाेलनबारे बताइदिनु न ?
हामीले १५ गते महानगरको ज्यादतीविरुद्धको खवरदारी सभा गर्न लागिरहेका छौँ। त्यहाँ जति पनि पीडामा परेका मान्छेहरु छन्, सबैको उपस्थिति हुन्छ। इन्जिनरजस्तो मान्छे सबैलाई समेटेर विकास गर्ला भनेर मतदान गरेका सबै समुदायका वर्गका मानिसहरुको खवरदारी सभा हाे।
 निर्वाचन मिडियाबाजी गरेर जितेर न्यून वर्गका समुदायको काम गर्दा गलत पनि हुन सक्छ। उहाँले गरेका काम सबै सही हुनुपर्छ सबैको लागि भन्ने छैन तर गल्तीलाई सुधार गरेर जानसम्म भए पनि हिम्मत गर्नुस् भन्ने हो। काम गर्दै गर्दा उपत्यकाको अध्ययन गर्नुस्, विकासका काम गर्नुस्, जनतालाई दु:ख नहोस्, सबैको व्यवस्थापन होस्। डाेजर समस्याको समाधान होइन, कानुनअनुसार काम गर्नुहोस्, अध्ययनविना कुनै योजना नबनाउनुहोस्, आफ्नाे दायित्व बहन गर्नुहोस्, बनाउन सकिँदैन भने नबिगार्नुस्, सच्चिएर काम गर्नुस् भन्ने सन्देशसहितकाे खवरदारी सभा हाे।
निर्वाचन मिडियाबाजी गरेर जितेर न्यून वर्गका समुदायको काम गर्दा गलत पनि हुन सक्छ। उहाँले गरेका काम सबै सही हुनुपर्छ सबैको लागि भन्ने छैन तर गल्तीलाई सुधार गरेर जानसम्म भए पनि हिम्मत गर्नुस् भन्ने हो। काम गर्दै गर्दा उपत्यकाको अध्ययन गर्नुस्, विकासका काम गर्नुस्, जनतालाई दु:ख नहोस्, सबैको व्यवस्थापन होस्। डाेजर समस्याको समाधान होइन, कानुनअनुसार काम गर्नुहोस्, अध्ययनविना कुनै योजना नबनाउनुहोस्, आफ्नाे दायित्व बहन गर्नुहोस्, बनाउन सकिँदैन भने नबिगार्नुस्, सच्चिएर काम गर्नुस् भन्ने सन्देशसहितकाे खवरदारी सभा हाे।
भिडियाे:
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया