अनुदान दुरुपयोगको भद्धा नमुना : २८ लाखको कागती वागवानी सुख्खा डाडोमा परिणत

राजधानी दैनिक

काठमाडाैँ

 सरकारी रकमको दुरुपयोग हुनु हाम्रो देशमा कुनै नौलो बिषय होइन् । सरकारले दिएको अनुदानलाई व्यक्तिगत झै सम्झेर खल्ती भर्ने प्रवृत्तिले नागरिकले तिरेको करको दुरुपयोग मात्रै भएको छैन, सरकारप्रति नागरिकको वितष्णा समेत पैदा भएको छ । यसैको एउटा उदाहरण हो, गुल्मीको छत्रकोट गाउँपालिका –५ खज्र्याङ्ग ढुंगेदेउरालीस्थित कागती वागवानी ।

नामै ढुंगे–देउराली, न मल छ, न जल । तर, यही ठाउँलाई वागबानी बनाउने भन्ने प्रस्ताव पत्याएर प्रदेश र स्थानीय सरकारले पैसा खन्याए । तर अहिले उक्त वागवानी सुख्खा डाडोमा परिणत भएको छ । ०७५ मा लुम्बिनी प्रदेश सरकारको १३ र छत्रकोट गाउँपालिकाको १५ लाख गरी कुल २८ लाख बिनियोजन भएपछि ढुंगेदेउरालीमा वागवानी निर्माणको काम अगाडी बढ्यो । पालिकाबाट बिनियोजन भएको रकमबाट काम गर्न नसकेर दुई लाख भन्दा बढी रकम मात्रै निकासा भयो ।

प्रकाशित मिति: : 2023-01-24 08:14:00

प्रतिकृया दिनुहोस्