अमेरिकाको क्यालिफोर्नियामा ११ जनाको हत्या गर्ने ७२ वर्षे चिनियाँ बन्दुकधारी !

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको क्यालिफोर्नियामा शनिबार राति भएको मास सुटिङमा मृतकको संख्या बढेर  ११ पुगेको छ । घाइते १० मध्ये एकको उपचारको क्रममा मृत्यु भएपछि मर्नेको संख्या ११ पुगेको हो । 

मृतक ११ मध्ये दुईको मात्र पहिचान भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन् । यसैबीच  बन्दुकधारी हु क्यान ट्रानका बारेमा विभिन्न कोणबाट समाचारहरू प्रकाशित भएका छन् ।

पछिल्लो समाचारअनुसार ट्रान ७२ वर्षका चिनियामुलका अमेरिकी हुन् । कुनैसमय ट्रक ड्राइभर रहेका उनी नजिकैको टोरेन्स भन्ने ठाउँका बासिन्दा हुन् ।



अमेरिकामा 'ज्यानमारा' हुँदै सप्ताहान्त, लसएञ्जलस मास सुटिङमा १० एसियालीको मृत्यु

२००५ मा श्रीमतीसँग पारपाचुके गरेका टान अलि सन्काहा स्वभावको भएको उनलाई नजिकबाट चिन्नेहरूले बताएका छन् ।

नाँच्ने शोख भएका उनी हरेकदिन जसो डान्स स्टुडियोमा आउने गर्थे ।

टानको रिसाहा स्वभावका कारण स्टुडियोका सञ्चालक र कर्मचारीहरू उनीसँग खुशी थिएनन् । 

यो कुरा टानलाई पनि थाहा थियो र उनी स्टुडियोसँग खुशी थिएनन् ।

अमेरिकाको क्यालिफोर्नियामा शनिबार राति भएको मास सुटिङमा मृतकको संख्या बढेर  ११ पुगेको छ । यसैबीच घटना घटाउने ७२ वर्षीय टान चिनिया भएकाले अमेरिकामा एसियालीलाई हेर्ने दृष्टिकोण अरू  नकारात्मक हुने सम्भावना बढेको छ । 

लुनार नयाँ वर्षको पार्टीमा पनि उनी आमन्त्रित थिएनन् । यसले उनको रिसको पारो चढाउने काम गरेको थियो ।

शायद यही कारणले उनले मास सुटिङ गरेका हुन सक्छन् ।

तर, अनुसन्धानकर्ताहरू अझै पनि मास सुटिङको उद्देश्यका बारेमा निस्कर्षमा पुगिसकेका छैनन् ।

एसियाली मूलका मानिसको एसियाली मूलकै मानिसले नरसंहार गरेको यस घटनालाई अमेरिकामा विभिन्न कोणबाट हेरिएको छ ।

 दक्षिणपन्थी अमेरिकीहरूले एसियालीले अमेरिकामा भित्राएको आतंक भनेर निन्दा गरेका छन् । उनीहरू चिनियाले अमेरिकामा कोभिड भित्राएर १० लाख अमेरिकीको हत्या गरेको आरोप लगाउँदै आएका छन्। यसले रैथाने अमेरिकी चिनियाप्रति सकारात्मक छैनन् । यो घटनाले उनीहरूको यो घृणालाई अरू बढाउने छ ।  

अमेरिकामा केही वर्षयता सामुहिक नरसंहारका घटनाहरू बढ्दै गएका छन् । यस्ता घटनाका शिकार एसियाली हुदैआएका भए पनि यो घटनामा भने बन्दुकधारी नै एसियाली भएकोले यो एक फर

अमेरिकामा बढ्दो मुद्रास्फिति र महंगीका कारण आमजनजीवन कष्टकर हुँदैजाँदा दिक्दारी बढ्दो छ । बन्दुकको सहजताले त्यस्तो दिक्दारीलाई यस्ता घटनामा परिणत गर्न थालेको बुझ्न गाह्रो छैन । यद्यपि, अमेरिकाको रैथाने मानसिकता यसलाई सहजै स्वीकार्दैन ।

प्रकाशित मिति: : 2023-01-24 06:31:00

प्रतिकृया दिनुहोस्