अमेरिकी राष्ट्रपति बाइडेनको घरमा छापा, ६ गोप्य कागजात जफत

बिएल संवाददाता

वासिङ्टन डीसी

 

अमेरिकी राष्ट्रपनि जो बाइडेनको डेलावेयरको  वेलिङ्टनस्थित घरमा छापा मार्दा थप ६ थान गोप्य कागजात फेला परेका छन् ।

बाइडेनकै न्याय विभागका अन्वेषकहरूले अगाडि बढाइरहेको अन्वेषणको क्रममा संघीय अनुसन्धान ब्यूरो एफबीआईले छापा मारी कागजात जफत गरिएका हुन् ।

१३ घण्टा चलेको खोजीका क्रममा जफत गरिएका केही कागजात सिनेटर हुँदाका समयका थिए भने अन्य उपराष्ट्रपतिको कार्यकालका थिए।

बाइडेनमाथिका वकिल बब बाउरले "व्यक्तिगत रूपमा हस्तलिखित नोट" र "वरपरका सामग्री" पनि जफत गरिएको बताए।

केही समयअघि राष्ट्रपति बाइडेनको कार्यालय तथा घरमा गोप्य कागजात फेला परेका थिए । त्यसयता समस्यामा पर्दै आएका बाइडेनको समस्या घट्नेभन्दा पनि बढ्दै गएको  छ ।

एकपछि अर्को लटमा गोप्य कागजात भेटिएको घटनाले राष्ट्रपति बाइडनको मात्र हैन, डेमोक्रेटिक पार्टीको पनि समस्या बढेको छ ।

प्रकाशित मिति: : 2023-01-22 06:50:00

प्रतिकृया दिनुहोस्