महानगरमा डोजरको मनपरी

अनलाइनखबर

अमृत चिमरिया

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र (बालेन) साहले गरेको काममा धेरैले सम्झिने भनेको डोजर चलाउनु नै हो। नक्सा विपरीत बनाएका संरचना भत्काउन उनी आफैं नर्भिक अस्पताल र बानेश्वरको अल्फा बिटा कम्प्लेक्स पुगेको भिडियो त सामाजिक सञ्जालमा भाइरल नै भयो।

बालेन निर्वाचित भएपछि नक्सा विपरीतका संरचना भत्काउन महानगरपालिका आक्रामक भएर लाग्यो। महानगरपालिकाका अनुसार गत साउनदेखि हालसम्म ५० भन्दा बढी क्षेत्रमा डोजर चलिसकेका छन् । डोजर भने निर्माणमा नभई संहारमै प्रयोग भएको छ।

प्रकाशित मिति: : 2023-01-20 17:54:00

प्रतिकृया दिनुहोस्