‘ल्याण्ड’ हुन सकेन शव बोकेको हेलिकप्टर (भिडियाेसहित)

महाराजगंजको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पोखराबाट शव बोकेर ल्याएको हेलिकप्टर ल्याण्ड हुन सकेन। 

काठमाडौं उपत्यकामा बढ्दो प्रदुषणको कारण आइ–१७’ नम्बर हेलिकप्टर ल्याण्ड हुन नसकेको हो। 

शव बोकेर आएको हेपलकप्टर ल्याण्ड नभएपछि श्री सैनिक वायु सेवा एयर वेश फर्किएको छ।

आइतबार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्स दुर्घटना भएको थियो। चालक दलसहित ७२ जना सवार रहेको उक्त विमान सेती किनारमा खसेको थियो। दुर्घटनामा ७० जनाको शव फेला परिसकेको छ भने बाँकी दुइ जनाको खोजी कार्य जारी नै छ। 

प्रकाशित मिति: : 2023-01-17 12:07:00

प्रतिकृया दिनुहोस्