प्रमुख प्रतिपक्षी दलको नेता म: प्रेम सुवाल (भिडियाे)

नेपाल मजदुर किसान पार्टी (नेपकिपा)का एक मात्र प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संसदमा प्रमुख प्रतिपक्ष दलकाे नेता आफू हुनुपर्ने दाबी गरेका छन्। सांसद सुवालले बिएल नेपाली सेवासँग भिडियाे कुराकानी गर्दै यस्ताे दाबी गरेका हुन्।

‘नेमकिपा प्रतिपक्ष राष्ट्रिय जनमोर्चाभन्दा बढी मत पाएको ठुलो दल रहेकालेविपक्षी दलको जिम्मेवारी सभामुखले हामीलाई दिनुपर्छ,’ सुवालले भने।

प्रधानमन्त्रीलाई सर्मथन गरेको दलले प्रतिपक्षमा दावी गर्नु प्रजातन्त्र र कानुनविपरित रहेको उनकाे भनाइ छ।

‘प्रधानमन्त्रीलाई समर्थन गरेका कुनै राजनीतिक दलले प्रतिपक्षको दाबी गर्न मिल्दैन। कसैले यस्तो गर्छन भने प्रजातन्त्रविपरीत र आफैंले बनाएको कानुनविपरीत हुन जान्छ,’ उनले भने, ‘प्रधानमन्त्रीलाई पनि सर्मथन गर्ने अनि प्रतिपक्षको दाबी गर्ने दोहोरो चरित्र देखाउनु हुँदैन।’

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई समर्थन नगरेका प्रमुख दलकाे सांसद संसदीय प्रतिपक्षी दलकाे नेता हुने गर्छ। संसदमा पहिलाे, दाेस्राे तेस्राे हुँदै १०औँ दलकाे हैसियतमा रहेका दलले प्रधामन्त्रीलाई समर्थन गरेका छन्। भने, ११औँ स्थानमा रहेकाे नेमकिपा र १२औँ स्थानमा रहेकाे राष्ट्रिय जनमाेर्चाले प्रधानमन्त्रीलाई समर्थन दिएका छैनन्। त्यसैले संसदमा जनमाेर्चाभन्दा अगाडि नेमकिपा रहेकाले प्रतिपक्षी दलकाे प्रमुख नेता आफू रहेकाे सुवालकाे दाबी छ।

भिडियाे:

प्रकाशित मिति: : 2023-01-16 19:40:00

प्रतिकृया दिनुहोस्