‘प्रचण्ड’ का ज्वाइँलाई मन्त्री बनाएकोमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनको आपत्ति

मन्त्री जीवन आचार्य
मन्त्री जीवन आचार्य

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ जीवन आचार्यलाई प्रदेश १ को मन्त्री बनाएपछि सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले गम्भीर आपत्ति जनाएको छ।

पार्टीमा लामो समयदेखि योगदान गरेका नेताहरु हुँदाहुँदै आचार्यलाई मन्त्री नियुक्त गरिनुले नेतृत्वप्रतिको जनविश्वास घटाउने तथा पद र शक्तिको लागि निर्लज्ज निर्णय गर्ने विकृत अभ्यासलाई प्रेरित गरेको फाउण्डेसनले आरोप लगाएको छ।

फाउण्डेसनका महासचिव अटल आचार्यले एक विज्ञप्ति जारी गर्दै जनभावना र अहिलेको वस्तुगत आवश्यकतालाई ख्याल नगरी जातीय, क्षेत्रीय, वर्गीय तथा योगदान एवं लाल र निपूण, सबै हिसावले आचार्यभन्दा धेरै योग्य अन्य संसदलाई पाखा लगाइएको आरोप लगाइएको छ।

औपचारिकता र अमूर्तताको बहसले शुद्धिकरण र रुपान्तरण सम्भव नभएको बताउँदै यसको सम्पूर्ण जिम्मेवारी प्रचण्डले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो माओवादी संस्कृति हैन। औपचारिक तर्क गरेर यसको दोष अरू कसैलाई दिन सकिएला तर त्यसो गर्नु सर्वथा गलत हुन्छ, औपचारिकता र अमूर्तताको बहसले शुद्धिकरण र रुपान्तरण सम्भव छैन। व्यवहारतः यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डलाई जान्छ र उहाँले नै लिनु पर्छ।’

माओवादी आन्दोलनमा नेतृत्वको योगदान उल्लेख्य रहे पनि आन्दोलन र परिवर्तनको लागि हजारौं सपूतहरूको बलिदान र लाखौंको समर्पण विना नेतृत्वको योगदान सम्भव नहुने बताइएको छ।

यस्तै विज्ञप्तीमार्फत फाउण्डेसनले पार्टी अध्यक्षर्ला उक्त निर्णय शिघ्रतापूर्वक सच्याउन अग्रहसमेत गरेको छ।

प्रकाशित मिति: : 2023-01-14 10:55:00

प्रतिकृया दिनुहोस्