जब क्यान नै गैरजिम्मेवार सम्झौताका लागि अघि सर्‍यो

रातोपाटी

भुपेश उपाध्याय

गत जेठ ४ गते नेपाली क्रिकेटका लागि एक ऐतिहासिक क्षण थियो। घरेलु क्रिकेटमा ईपीएल, डीपीएल र पीपीएल टी–ट्वान्टी क्रिकेट लिगको चर्चा चलिरहेको समयमा नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नै ‘नेपाल टी–ट्वान्टी लिग’को घोषणा गर्‍यो।

नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याउने लक्ष्यका साथ क्यानले विवादका बीच भारतीय कम्पनीलाई नेपाल टी–ट्वान्टी लिग गर्ने जिम्मेवारी दियो। क्यानले आफ्नै लिग गर्न लाग्दा सबै खुसी थिए।

नेपाली क्रिकेटको उच्च निकायबाटै हुन लागेको सम्झौता र लिग राम्रो हुने सबैको अपेक्षा थियो। तर, भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले क्यानलाई मात्र नभइ नेपाली क्रिकेटलाई नै संकटमा पार्ने योजना बनाएको थियो। नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ गराएर पैसा कमाउने योजनामा आएको सेभेन थ्रीसँग सहजै सम्झौता गर्नुले क्यान नेतृत्वप्रति पनि प्रश्न चिह्न खडा हुन्छ। उसो त सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नुपूर्व नै धेरै विवाद उत्पन्न भएका थिए।

प्रकाशित मिति: : 2023-01-13 17:33:00

प्रतिकृया दिनुहोस्