...त्यसपछि हेमा मालिनीले धमेन्द्रलाई भनिन्–तिमीले मसँग विवाह गर्नुपर्छ 

बलिउडका कयौं जोडीहरु आज पनि दर्शकहरुको मन बस्न सफल छन्। त्यही जोडीहरुमध्येका एक हुन्, हेमा मालिनी र धमेन्द्र। उनीहरुको कयौँ प्रेम कहानीहरु चर्चित छन्। तर उनीहरुको विवाहको पछाडि केही रोचक तथ्यहरु छन्। हिमाको परिवार चाहदैनन् थिए कि उनी धमेन्द्रसँग विवाह गरुन। हिमा मालिनीले एक अन्तर्वार्ताका क्रममा सो कुरा बताएकी थिइन्। 

हेमा मालिनीको परिवार किन थिए, विवाहको खिलाफ ? 

१९९९ मा हेमाले दिएको एक अन्तर्वार्तामा बताएकी थिइन् कि विवाहको समयमा उनले धेरै कठिनाईहरु झेलेकी थिइन्। हेमाले बताएकी थिइन् कि उनको विवाह धमेन्द्रसँग हुन्छ भनेर सोचेको पनि थिइनन्।

उनले भनिन्, ‘कसैको बाआमा चाहदैनन् कि उनीहरुको छोरी कुनै त्यस्तो केटासँग विवाह गरुन्, जो विवाहित छन्। तर म उनीसँग लामो समय सँगै बसेको कारण मलाई अरुसँग विवाह गर्न उचित लागेन। र मैले धमेन्द्रलाई कल गरेर विवाह गर्न लगाएँ र ऊ पनि मसँग विवाह गर्न तयार भएँ।’ 

धमेन्द्रको पहिलो विवाह–१९५४ मा भएको थियो

धमेन्द्रको १९५४ मा प्रकाश कौरसँग विवाह भएको थियो। त्यसैले हेमासँग उनको दोस्रो विवाह थियो। सोही कारण परिवारको मनमा अनेकौँ प्रश्नहरु उब्जिएका थिए। पहिलो विवाहमा  उनको चार जना छोराछोरीहरु छन्। सनी, बबी देओल, विजेता र अजिता। त्यसैगरी हेमा मालिनीको ईशा र अहाना छिन्। 

 

प्रकाशित मिति: : 2023-01-14 21:40:00

प्रतिकृया दिनुहोस्