चन्दननाथकाे १०औँ नगरसभा सम्पन्न: चन्दननाथ, भैरवनाथलाई विश्वसम्पदा सूचीमा राख्ने तयारी

चन्दननाथ नगरपालिकाकाे १०औँ नगरसभा सम्पन्न भएकाे छ। बुधबार नगरपालिकाकाे सभा हलमा सम्पन्न नगर सभाले नगर शिक्षा ऐनकाे पहिलाे संसाेधनसहिन विभिन्न कार्यविधि पारित गरेकाे छ।

नगर सभामा बाेल्दै मेयर राजुसिंह कठायतले अब हरेक वर्ष सबै याेजनाकाे भुक्तानी असर पन्ध्रसम्म गरिसक्ने गरी तयारीमा लागेकाे बताए।

‘हामी सम्झौता समयमै गरी सक्नेछाैं भने सम्पन्न भएका याेजनाकाे भुक्तानी पनि समयमै गर्नेछाैं,’ उनले भने, ‘उपभोक्ता र वडाले गुणस्तरमा कम्पर्माइज गर्न पाउने छैनन्।’

उनले पालिकामा नायँ टिम निर्वाचित भएर आएकाे छाेटाे समयमै बजारमा मेयर, उपमेयर, वडा अध्यक्षहरुले केही गर्न नसकेकाे भनि टिप्पणी भए पनि आफूहरु परिणाममुखी कामका लागि लागेकाे बताए।

‘भर्खरै सहरी विकास मन्त्रालयबाट पचास कराेडमा नयाँ संरचनाको टेन्डर गराउन सफल भएका छाैं,’ उनले भने, ‘धेरैले मलाई बालेन बन्नुपर्‍यो भनिरहनु भएकाे छ। घर भत्काएपछि मेयर र नभत्काएपछि मेयर नहुने बुझाइ हाबी भयाे। हामी भत्काउनुपर्ने समयमा भत्काउँछाैं तर सिकाे गर्दैनौं।’

उनले अब विकास निर्माणमा स्थानीय स्राेत साधकाे प्रयाेग गरेर चन्दननाथ, भैरवनाथ मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी रहेकाे बताए।

‘ऐतिहासिक महत्त्व बाेकेकाे चन्दननाथ नगरपालिका विश्व सम्पदा सूचीमा नपर्नुकाे प्रमुख कारण विकासमा माैलिकता दिन नसक्नु हाे,’ उनले थपे, ‘हामीले बजार पिज गर्‍याैं। बजारमा बिछ्याउनुपर्ने ढुंगा थियाे। जसले ऐतिहासिक नगरलाई विश्वसम्पदा सूचीमा सुचिकृत हुने बाटाे छेकेकाे छ, त्यसलाई हटाउने गरी लागेका छाैं।’

परिणाममुखी काम विस्तारै हुने उपमेयर रामदेवी खड्काले बताइन्। उनले भनिन्, ‘फाेहाेर मैला व्यवस्थापनका निम्ति धेरै उपकरण आउने तयारी रहेकाे छ। आयाे भने नगर आफैंले कामकाे जिम्मा लिनेछ। नआए निजी क्षेत्रलाई दिने गरी टेन्डर आव्हान गरिनेछ।’

नगरले आफू अनुकुलकाे कानुन बनाउने गरी साेचिरहेकाे र त्यसकाे तयारीका लागि लागेकाे उनले बताइन्।

उनले थपिन्,‘वर्षे अधिवेशनमा बजेट निर्माण गर्ने र हिउँदै अधिवेशनले कानुन निर्माण गर्ने हुनाले यतिबेला नगर शिक्षा ऐनमा आवश्यक संसाेधन सहित अन्य कानुनहरु निर्माण गरिएकाे छ।’

यस पटककाे अविरल वर्षाले नगरमा ठुलो क्षति हुँदा अधिकांश नगराबासीले क्षति व्यहोर्नुपरेको मेयर कठायतले बताए।

उनले भने,‘हामीले घर भत्किँदा दिने सानाे रकमले जनतालाई लाभ हुने भएन। त्यसकारण विपतबाट बच्न घर बीमा र बाली बीमाकाे अवधारणा ल्याएर कार्यान्वयन प्रक्रियामा जाने गरी कार्यविधि निर्माण गरेका छाैं।’

नगरपालिकाले कुनै पनि याेजना फागुन १५ भन्दा पछाडि सम्झाैता नगर्ने प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले बताए।

‘यदि कुनै याेजना भनेकाे समयभन्दा पछाडि सम्झाैता गर्न काेही आउँछ भने कुनै पनि हालतमा सम्झौता हुने छैन,’ उनले भने, ‘असार १५ भन्दा पछाडि भुक्तानी लिन आए बजेट स्वत फ्रिज हुने र त्याे रकम संचित काेसमा जानेछ।’

प्रकाशित मिति: : 2023-01-12 09:50:00

प्रतिकृया दिनुहोस्