मेस्सी र रोनाल्डो आम्नेसाम्ने हुँदै

photo : sky sport
photo : sky sport

विश्वप्रख्यात फुटबलर लियाेनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आम्नेसाम्ने हुने भएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीएफका जनाएअनुसार मेस्सी सहभागी पेरिस सेन्ट जर्मेन (पिएसजी) र राेनाल्डाे सहभागी अल नासरबीच यही जनवरी १९ मा मैत्रीपूर्ण प्रतिस्पर्धा हुने भएकाे हाे। पिएसजीले साउदीका दुई क्लब अल हिलाल र अल नासरसँग प्रतिस्पर्धा गर्न लागेकाे एपीएफले जनाएकाे छ।

विश्वका दुई स्टारबीच हुने साे प्रतिस्पर्धालाई निक्कै महत्वका साथ लिइएकाे छ। गत डिसेम्बरमा कतार भएको फिफा विश्वकपको उपाधि जितेपछि मेसी गत साता पिएसजीमा पुन: फर्किएका थिए। भने, रोनाल्डोलाई विश्वकपपछि साउदीकाे अल नासरले अनुबन्धन गरेकाे छ।

साउदीको रियादका क्लब अल हिलाल र अल नासर साउदी अरेबियाका दुई सबैभन्दा सफल क्लब हुन्।

प्रकाशित मिति: : 2023-01-11 15:08:00

प्रतिकृया दिनुहोस्