कांग्रेसले किन मोल्यो जोखिम?

आकस्मिकजस्तो देखिए पनि देउवाको निर्णय रणनीतिक

नयाँ पत्रिका दैनिक

केशवप्रसाद पाण्डे

सरकारलाई एकाएक विश्वासको मत दिएर कांग्रेसले आफैँमाथि राजनीतिक, संवैधानिक र नैतिक प्रश्न उठाउन सकिने जोखिम मोलेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएदेखि संसद्मा विश्वासको मत लिने वेलासम्मका घटनाक्रम, भेटघाट र शीर्ष नेताका अभिव्यक्ति हेर्दा कांग्रेसले सत्ता राजनीतिको हिस्सासँगै अरू रणनीतिक कारणले यस्तो कदम उठाएको देखिन्छ ।

कांग्रेसलाई सबैभन्दा बढी तर्साएको सोमबार एमाले अध्यक्ष केपी ओलीले संसद्मा गरेको सम्बोधनले हो । सम्बोधनका क्रममा ओलीले आफूले दुईपटक गरेको संसद् विघटन ठीक भएको र विघटन प्रधानमन्त्रीको अधिकार भएको बताएका थिए । फेरि संसद् विघटन गरी मुलुकलाई मध्यावधिमा लैजाने सम्भावना टार्न, नयाँ सत्तासमीकरणसँगै प्रचण्डसँग टुटेको कडीलाई जोड्न र ढिलोचाँडो समीकरण भत्किने सम्भावनालाई हेरेर सरकारलाई विश्वासको मत दिने निष्कर्षमा पुगेको कांग्रेस नेताहरूको भनाई छ ।

प्रकाशित मिति: : 2023-01-11 13:43:00

प्रतिकृया दिनुहोस्