मंगलबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश हुने सकेन। एमालेका लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले माओवादीलगायत दलहरूको सहमतिमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने कार्यक्रम रहेको भए पनि सत्तारूढ दलहरूबीच सहमति हुन नसक्दा दाबी पेश हुन नसकेको हो।
सोमबार (हिजो) सत्तारूढ दलहरूको बैठकले मुख्यमन्त्रीका लागि मंगलबार दाबी पेश गर्ने सहमति गरेको थियो। तर माओवादी केन्द्रका लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले आधा कार्यकाल मुख्यमन्त्री पाउनु पर्ने भन्दै काठमाडाैँमा केन्द्रका नेताहरूको सहमति खोज्न गएका थिए।
केन्द्रबाट आधा कार्यकाल महरालाई दिन मौखिक सहमति भएको एक नेताले बताए। एमाले संसदीय दलका नेता गिरीले पनि माओवादी केन्द्रको बैठक नसकिएको र अन्य दलका नेताहरू बुटवलमा नभएकाले कारण आज मुख्यमन्त्रीका लागि दाबी पेश हुन नसकेको बिएल नेपाली सेवालाई बताए।
पहिले केन्द्रमा लुम्बिनीको पाँच वर्षे कार्यकाल एमालेले सम्हाल्ने सहमति भएको थियो। तर मुख्मन्त्रीका लागि आकांक्षी महरा केन्द्रको निर्णयप्रति असन्तुष्ट थिए।
अब भोलि मुख्यमन्त्रीका लागि दाबी पेश गरिने गिरीले बताए।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया