जुम ब्यूटी एकेडेमीले मनायो २१ औँ वार्षिकोत्सव (भिडियाेसहित)

जुम ब्यूटी एकेडेमीले आफ्नो २१ औँ वार्षिकोत्सव मनाएको छ।

एकेडेमीले आइतबार बबरमहलमा रहेको कार्की ब्याङकेटमा वार्षिकोत्सव भव्य र सभ्यताका साथ मनाएको हो।

मेमोरी पावरमा विश्व कीर्तिमान गरेका नवल प्रजियारको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा जुम एकेडेमीका सम्पूर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो।

आफ्नो एकेडेमीको २१ औँ वार्षिकोत्सवमा जुमका निर्देशक कृशप तनाबासु र संस्थापक जुनु चक्रधरले आफ्नो कर्मचारीहरुलाई आफूसँग सहकार्य गरेर अगाडि बढेकोमा धन्यवाद दिएका थिए।

जुमको सुरुवाती दिनहरुलाई स्मरण गर्दै भावुक भएकी चक्रधरले भनिन्, ‘हामीले जुमलाई खडा गर्नका लागि धेरै दुख र मेहनत गर्यौँ।’

आफूहरुले गरेको मेहनतकै कारण आज जुम नेपालकै चर्चित ब्यूटी एकेडेमी रहेको उनले बताइन्। ‘म अहिले धेरै खुसी छु। किनकी हामी आफूलाई मात्र होइन अरु महिलालाई पनि रोजगार दिन सफल भएका छौँ’ उनले भनिन्, ‘अगामी दिनहरुमा पनि जुमको नाम बढाउँदे जानेछौँ।’

नेपालमा १० वटा शाखा खडा गर्न सफल भएको जुम एकेडेमीले वार्षिकोत्सवमा वर्षकै उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार र अवार्ड दिँदै सम्मान गरेको थियो।

त्यसैगरी जुमले आफूसँग सहकार्य गरेका विभिन्न कम्पनी र मिडिया हाउस ब्रेकएनलिङक्स नेपाली (बिएल) लाई मायाको चिनो हस्तान्तरण गर्दै सम्मान गरेको थियो। 

प्रकाशित मिति: : 2023-01-09 12:13:00

प्रतिकृया दिनुहोस्