बसपार्कमा ठगी गर्नेहरू धेरै भारतीय नागरिक नै छन् : एसएसपी बोहोरा

शनि शाक्य

काठमाडौं

जिल्ला प्रहरी परिसर काठमाडौँले बसपार्कमा ठगी गर्ने ४० जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ।

बसपार्कमा आउने र जाने व्यक्तिहरुलाई ठग्ने तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीले उनीहरुलाई गत मगंलबार पक्राउ गरेको हाे।

प्रहरीले ठगी तथा अभद्र व्यवहार गरेको आरोपमा बसपार्कबाट १०० जना पक्राउ गरेको थियो तर अनुसन्धानका क्रममा ४० जना मात्रै दाषी ठहर भएका प्रहरीले जनाएकाे छ।

बसपार्क क्षेत्रमा १२ जनाकाे टाेली खटाएर उनीहरूलाई पक्राउ गर्न सफल भएकाे प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भरत बोहोराले बताए।

'हामीले बसपार्क क्षेत्रमा १२ जनकाे टोली खटाएका थियौँ। हाम्रो टोलीले उनीहरुलाई विशेष निगरानीमा राखेर पक्राउ गर्न सफल भयाैँ', एसएसपी बोहोराले बिएल नेपाली सेवालाई भने, 'सुरुमा हामीले ठगी गरेको आरोपमा १०० जनालाई पक्राउ गरेका थियौँ, तर अनुसन्धाको क्रममा ४० जना मात्रै दाषी ठहर भएकाे पायाैँ।'

ठगी गर्नेहरुले बसपार्कमा आउने यात्रुहरुलाई अभद्र व्यवहार देखाउने गर्थे। एसएसपी बोहोरका अनुसार बसपार्कमा ठगी गर्ने धेरै भारतीय नागरिक रहेका छन्। पक्राउ परेकाहरूकाे महारजगन्ज वृतमा अनुसन्धमान भइरहेको छ।

प्रकाशित मिति: : 2023-01-06 18:31:00

प्रतिकृया दिनुहोस्