‘क्यानलाई बदनाम गर्न खाेज्ने गिराेह असफल भयाे’ (भिडियाे)

BreaknLinks
BreaknLinks

काठमाडाैँमा जारी नेपाल टि- २० क्रिकेट प्रतियोगिता विवादित बनेकाे छ। खेलाडीहरुले पारिश्रमिक नपाएको र ‘म्याच फिक्सिङ’ भएको भन्दै मगंलबार बिहान खेल खेल्न मानेनन्। कमेन्ट्रेटर सचिन तिमल्सिना र नेपाली राष्ट्रिय टोलीका खेलाडी तथा काठमाडौँ नाइट्सका कप्तना ज्ञानेन्द्र मल्लले प्रतियोगितमा ‘म्याच फिक्सिङ भएको शंका व्यक्त गरे।

विवाद उत्पन्न भएपपछि बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै टि– २० लिगमा कुनै पनि ‘म्याच फिक्सिङ’ नभएको भन्दै आंशका भए प्रमाणसहित उपस्थित हुन चेतावनी दियाे।

संसारभर हुने हरेक खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङकाे जाेखिम रहने भएकाेले त्यसकाे निगरानीकाे लागि अनुसन्धान व्यूराे परिचालन गर्ने गर्छ। क्यानले पनि जारी प्रतियाेगीता निगरानीकाे लागि एन्टी करम्पसन व्यूराे खटाएकाे बाग्मती प्रदेश क्रिकेट संघका काेषाध्यक्षा तथा टि– २० लिग आयोजक समितिका सदस्य अनिल अधिकारीले बताए।

विगत २० वर्षदेखि क्यानमा आबद्ध रहेर काम गरिरहेका अधिकारीले नेपाली क्रिकेट प्रयाेगितामा म्याच फिक्सिङकाे सम्भावना नरहेकाे दाबी गरे। ‘गत मगंलबार घटेको घटनापछि धेरैले क्यानको आलोचना गरिरहेका छन्। क्यानलाई बदनाम गर्न केही व्यक्तिहरु संलग्न थिए तर ती व्यक्तिहरु असफल भएका छन,’ अधिकारीले बिएल नेपाली सेवासँग भने।

नेपाल क्रिकेट संघलाई बदनाम गर्ने प्रयास गर्ने गिराेह पराजित भएकाेले अब यस्ता प्रकारका प्रतियाेगिताहरु विदेशमा पनि गर्ने प्रक्रिया अगाडि बढाइरहेकाे उनले जानकारी दिए।

नेपाल टि- २० लिग आयोजना गर्न नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टलाई दिएकाे थियाे। मगंलबार त्रिवि मैदानमा विवाद भइरहँदा सेभेन थ्री स्पोर्ट्स संचालक जितेन अग्रवाल भारत फर्किसकेका थिए।

‘संचालक जितेन अग्रवाल टि– २० को विवाद पश्चात एकदमै निराश भए प्रायोजक भएकाले गर्दा उनीमाथि दबाब भयो र उनी स्वदेश फर्किए त्यसबेला उनी क्यानको सम्पर्कमा थिएनन तर अहिले उनी क्यानको सम्पर्कमा छन’, अधिकारी भन्छन यदि,‘उनी नेपाल नआएमा क्यानले खेलाडीहरुले पाउन जति सबै कुरा पाउने छन्।’

त्यस्तै मगंलबार बिहान विवाद भइरहँदा प्रतियोगितका र सचिनले एक भिडियो सार्वजानिक गर्द टि– २० लिगमा म्याच फिक्सिङ भएको दाबी गरेका थिए। ‘सचिन एउटा राम्रो कमेन्ट्री गर्न व्यक्ति हुन तर मगंलबार गरेको व्यवहार देखेर क्यान नै पूरै अचम्मित भयो। सचिन सँगै अरु केही व्यक्ति पनि कमेन्ट्री गरिरहेका थिए। यो चासोको विषय हो, सचिनले देखेको र भोगेको कुरा अरु कमेन्ट्रीहरु देखेनन्’, उनले भने।

बुधबार क्यानले विज्ञप्ति जारी गरेपछि राखेपाले ५ सदस्यीय छानबिन कार्यदल गठन गरेकाे छ। परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरिएको छ। क्यान बारेमा आइसीसीले चासो देखाएपछि ५ सदस्यीय छानविन कार्यदल गठन गरेको हो।

भिडियाे:

प्रकाशित मिति: : 2023-01-05 20:10:00

प्रतिकृया दिनुहोस्