पानी मिठाे ढुङ्गेधाराकाे ! (तस्बिरहरु)

ढुङ्गेधारा ढुङ्गा खोपेर खानेपानी खसाल्ने व्यवस्था गरिएको परम्परागत धारा वा एक प्रकारको खानेपानी आपूर्तिको सामुदायिक प्रणाली हो। नेपाल भाषामा ढुङ्गेधारालाई ‘हिटी’ भन्ने गरिन्छ। पाइपबाट घरघरै पानी वितरण गर्ने आधुनिक प्रणाली विकसित नहुन्जेल खानेपानीको मुख्य स्रोत नै ढुङ्गेधारा, इनार र कुवाहरू थिए।

उपत्यकाभित्रको पानीको अभावलाई धेरै हदसम्म निधान गर्न भूमिका खेल्ने ढुङ्गेधाराहरूको संरक्षणबाट नै हाम्रो सम्पदा र संस्कृतिको पनि संरक्षण हुन्छ भन्ने अध्ययन हुन नसक्दा दुई दशकभित्रमा करिब एक सयको हाराहारीमा यस्ता धाराहरू उपत्यकाभित्र लोप भइसकेको अनुमान गरिएको छ भने ५० प्रतिशत धाराहरूबाट पानी आउन छोडेको र बाँकी धाराहरू सङ्कटको सूचीमा परेका छन्।

सहरमा जथाभावी सिमेन्टका ठुला संरचनाको विस्तार र खुला ठाउँ मासिँदै गएको कारण भूमिगत पानीको पुनर्भरण हुन सकिरहेको छैन। राजकुलो पनि मासिँदै गएकोले ढुङ्गे धारामा आउने पानीको स्रोत सुक्दै गएको छ। कतिपय ढुङ्गेधारा भएका सार्वजनिकस्थल नै मासेर सामुदायिक वा निजी प्रकारका नयाँ संरचना बनाएर अतिक्रमण गरिएको छ।

प्रकाशित मिति: : 2023-01-05 22:00:00

प्रतिकृया दिनुहोस्