सुदूरपश्चिममा २७ गतेसम्म मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान

File Photo
File Photo

सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेको छ। प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले बुधबार दलहरूलाई मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेको हो।

संविधानको धारा १६८ को उपधारा २  बमोजिम प्रदेश सरकार गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एक्लैको सरकार बन्नसक्ने छैन। सरकार गठन गर्न लागि दुई वा दुईभन्दा बढी पार्टीको बहुमत भए सरकार बन्ने देखिएको छ। सरकार बनाउन २७ सदस्यको आवश्यकता पर्छ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न यही पुस २७ गते साँझ ५ बजेसम्म समय निर्धारण गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका सात नेकपा (एकीकृत समाजवादी)का चार राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन्।

प्रकाशित मिति: : 2023-01-04 14:33:00

प्रतिकृया दिनुहोस्