सही तरिकाले उपवास बस्नुका फाइदा

बिबिसी

काठमाडौं
File Photo
File Photo

वजन घटाउन र स्वास्थ्यलाई फाइदा पुग्ने भन्दै चर्चित व्यक्तिहरूले १६ घण्टे उपवासबारे बोल्ने गरेका छन्।

उपवास बस्दा त्यसले शरीरमा स्फूर्ति ल्याउन र सायद आयु बढाउन मद्दत गर्ने प्रमाणहरू भए पनि वजन घटाउन यो सही तरिका नहुनसक्ने भन्दै पोषणविद्हरूले चेतावनी दिएका छन्।

इन्टरमिटेन्ट फास्टिङ भनेको एउटा निश्चित समयावधिभित्र खाने र लामो समय नखाने उपवास हो जसमा अघिल्लो दिनको अन्तिम खाना र अर्को दिनको पहिलो खानाको समयबीच लामो दूरी रहन्छ।

खास गरी उपवास बस्नेहरूले ८ घण्टा खाने र १६ घण्टा नखाने समयावधिलाई नै इन्टरमिटेन्ट फास्टिङ भनिन्छ। तर इन्टरमिटेन्ट फास्टिङ केवल समय तोकिएको उपवासमात्रै होइन।

प्रकाशित मिति: : 2023-01-04 08:38:00

प्रतिकृया दिनुहोस्