अमेरिकामा टिकटक प्रतिबन्ध

अमेरिकामा टिकटक एपलाई ‘उच्च जोखिम’ मान्दै प्रतिबन्ध लगाइएकाे छ। 

टिकटकलाई अमेरिकाले ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै अमेरिकाका सबै संघीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको हाे। अपवादको रूपमा कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरूले यो एपलाई सुरक्षा अनुसन्धान उद्देश्यका लागि विशेष अवस्थामा प्रयोग गर्न सक्नेछन्। 

यस निर्णयले झन्डै ४० लाख सरकारी कर्मचारीहरूले टिकटकलाई अनिवार्य रूपमा  हटाउनु पर्ने हुन्छ। बाइडेनले भर्खरै हस्ताक्षर गरेकाे १.७ ट्रिलियन खर्च बिलमा बाइटडान्सको स्वामित्वमा रहेको एपलाई निषेध गर्ने प्रावधान समावेश छ।  अमेरिकी सरकारको यस निर्णयप्रति टिकटकका प्रवक्ताले विरोध गरेका छन्। 

‘हामी निराश छौं कि अमेरिकाले सरकारी उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाउने कदम चालेको छ। प्रशासनलाई यसको राष्ट्रिय सुरक्षा समीक्षाको निष्कर्षमा पुग्ने प्रोत्साहित गर्नुको सट्टा यो राजनीतिक इशाराले राष्ट्रिय सुरक्षा हितलाई अगाडि बढाउन केही गर्दैन’,टिकटकका प्रवक्ता ब्रुक ओबरवेटरले भने। 
 

प्रकाशित मिति: : 2023-01-01 10:45:00

प्रतिकृया दिनुहोस्