रूघाखाेकीलाई सामान्य राेगकाे रूपमा लिन हुँदैन : शेरबहादुर पुन 

उमेश थापा

काठमाडौं
फाइल तस्बिर
फाइल तस्बिर

काठमाडाैंमा पछिल्लाे समय बिरामी हुनेकाे संख्या बढ्दै गएकाे छ। 

उपत्यकामा प्रदुषण बढेसँगै बिरामीहरूकाे संख्या पनि बढ्दै गएकाे शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। 

उनका अनुसार काठमाडाैंमा प्रदुषण मात्र नभइ जाडाे बढेकाे कारण मानिसहरू थला पर्न थालेका हुन्। अहिलेकाे माैसममा बिरामी हुनु सामान्य भएकाे उनकाे भनाइ छ। 

'काठमाडाैंमा प्रदुषण बढेकै हाे तर प्रदुषणकै कारण बिरामी भएकाे हाे भन्ने कुराकाे पुष्टि भएकाे छैन' उनले बिएल नेपाली सेवासँग भने, 'अहिले मानिसहरू ज्वराे, रूघाखाेकी र घाँटी दुख्ने समस्याबाट ग्रसित भइरहेका छन्।'

पछिल्लाे समय विदेशी मुलकमा काेराेना बढेपनि नेपालमा भने हालसम्म काेराेनाकाे त्रास नभएकाे उनकाे दाबी छ। 'नेपालमा अहिले काेराेना छैन' उनले भने, 'तर बिरामीबाट जाेगिन जरूरी छ'

बिरामी हुनबाट कसरी बच्ने ? 

अहिले जाडाेकाे माैसम भएकाे कारण छिट्टै बिरामी हुन सकिने भएकाेले न्याय कपडा लगाउनुपर्ने उनी बताउँछन्। 

काेभिडकाे समयमा अपनाएकाे उपाय नै अहिले बिरामी हुँदा गर्नुपर्ने उनकाे भनाइ छ। 'बाक्लाे कपडा लगाउने, माक्स नछुटाउने, झाेलियाे पदार्थ नियमित खाने' उनी भन्छिन्, 'त्यसाे गरेमा हामी निराेगी हुन्छाैँ।'

रूघाखाेकी लाग्नु सामान्य नभएकाे बताउँदै उनले भने, 'याे समस्यालाई सामान्य रोगको रुपमा लिनु हुँदैन, आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ।'

 
 

प्रकाशित मिति: : 2022-12-29 15:57:00

प्रतिकृया दिनुहोस्