कर्जाको प्रिमियम ‘नियम विपरीत’ बढाएको ४ अर्ब ६६ करोड बैंकहरूले ऋणीलाई फिर्ता गर्नुपर्ने

बाह्रखरी

काठमाडाैं

वाणिज्य बैंकबाट ऋण लिनु भएको थियो ? बैंकले नियम विपरीत प्रिमियम बढाएका थिए भने फिर्ता लिनको लागि बैंकमा गएर भन्नुहोस् । 

ऋण लिएको बैंकले बढाएको प्रिमियम वापतको रकम फिर्ता नगरेमा राष्ट्र बैंकमा उजुरी समेत गर्न सकिन्छ । 

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा बैंकहरुले ग्राहकसँग प्रिमियम बढाएर बढी असुल गरेको ४ अर्ब ६५ करोड रूपैयाँ फिर्ता गर्न निर्देशन दिएको छ । 

सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकमा कृषि विकास बैंक बाहेक २५ वटा बैंकले ऋणीसँग बढी लिएको प्रिमियम रकम फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । 

राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागका प्रमुख कार्यकारी निर्देशक देवप्रसाद ढकालले बैंकहरूले असुल गरेको ४ अर्ब ६६ करोड रूपैयाँ फिर्ता गर्नुपर्ने बताए । 

प्रकाशित मिति: : 2022-12-28 16:07:00

प्रतिकृया दिनुहोस्