नगर प्रहरी प्रमुख पाण्डेले महिला कर्मचारीमाथि गरेको दुर्व्यवहारबारे निवेदन पर्दा पनि चुपचाप उपमेयर

सेतोपाटी

काठमाडाैं

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूलाई दुर्व्यवहार गरेको भन्दै निवेदन दिएकी कर्मचारीले एक महिना बितिसक्दा पनि न्याय पाएकी छैनन्।

नगर प्रहरीको हवल्दार पदमा कार्यरत गंगा उप्रेतीले गत मंसिर ९ गते प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र त्यसको केही समयपछि उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन्। तर उनीहरूले पाण्डेमाथि कुनै पनि कारबाही अघि बढाएका छैनन्। न मेयर बालेन शाहले कुनै कदम चालेका छन्।

न्यायिक समितिकी संयोजकसमेत रहेकी उपमेयर डंगोललाई यो विषयमा कारबाही चलाउने अधिकार छ। उनी भने आफूकहाँ निवेदन नै नपरेको भन्दै पन्छिएकी छन्।

‘हो, बाहिर मिडियाबाट मैले यस्तो कुरा सुनेँ तर मकहाँ निवेदन नै परेको छैन। पीडितले निवेदन नदिएसम्म मैले के गर्ने हो र? निवेदन पर्नुपर्‍यो नि त,’ डंगोलले सेतोपाटीसँग भनिन्।

गंगालाई पाण्डेले अपशब्द बोल्नेदेखि मानसिक तनाव दिने गरेको कुरा सार्वजनिक भएको दुई साता हुन लाग्यो। महानगरका एक अर्का कर्मचारीले पनि पाण्डेले गंगामाथि दुर्व्यवहार गरेको पुष्टि गरेका छन्।

प्रकाशित मिति: : 2022-12-28 15:19:00

प्रतिकृया दिनुहोस्