वैभवशाली कतार : विश्वकप माैकामा मुलुकको ‘मेगा ब्रान्डिङ’

क्यापिटल

काठमाडाैं

खाडी मुलुक कतारको मध्यसहरस्थित ‘अन्डरग्राउन्ड’ मा कुद्ने मेट्रोको गतिजस्तै कतारको विकास गति एक दशकमा तीव्ररूपमा अगाडि बढेको छ। खाडीको एउटा सानो देशले विकासका मारेको अभूतपूर्व छलाङ र संसारकै सबैभन्दा ठूलो इभेन्ट ‘विश्वकप फुटबल’ सफलतापूर्वक गरेको आयोजनाले संसारलाई नै जिब्रो टोक्न बाध्य बनायो। 

खासगरी युरोप र अमेरिकाले जुन ‘प्रोपोगान्डा’ का आँखाले कतारलाई हेरिरहेका थिए, त्यही देशका फुटबलप्रेमी कतारमा उर्लिएर फुटबलको मजामात्र लुटेनन् आफ्नै देशको गतिमा विकासको लय देखेर तीनछक्क परेर फर्किए। ४ लाख बढी नेपालीको कर्मथलो कतारको विकास र रणनीति नेपालका लागि अझ चाखलाग्दो र चासो दुवै हो। कतारको विकासका लागि नेपाली पौरखीको योगदान उस्तै छ।

प्रकाशित मिति: : 2022-12-24 17:00:00

प्रतिकृया दिनुहोस्