नेपालको सर्वोच्च अदालतको आदेशपछि फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराज जेलमुक्त भएका छन् । यसैबीच ‘इन्डियन एक्सप्रेस’ले एउटा अन्तर्वार्ता प्रकाशित गरेको छ । यो अन्तर्वार्ता २०१६ मा लिइएको थियो ।
यस अन्तर्वार्तामा उनले सन् २००३ मा नेपालको एक क्यासिनोबाट गिरफ्तार भएको र जैश-ए-मोहम्मदका प्रमुख मसूद अजहरसँगको भेटबारे कुरा गरेका छन्। शोभराजका अनुसार सन् २००० देखि २००३ को बीचमा उनले पाकिस्तानको धेरैपटक भ्रमण गरेका थिए र मसूदलाई भेटेका थिए।
चार्ल्स शोभराजले भने, "हेर्नुहोस्, तपाईलाई यसबारे पहिले नै थाहा छ ... जब मसूद अजहरलाई इन्डियन एयरलाइन्स अपहरण (१९९९ मा) पछि रिहा गरियो, 'द इन्डियन एक्सप्रेस' ले त्यसबेला भारत सरकारसँग मेरो भूमिकाबारे उल्लेख गरेको थियो।