फोटोग्राफर राजेश गुरुङ त्यतिबेला जम्मा २६ वर्षका थिए । द हिमालयन टाइम्सका फुर्तिला फोटोग्राफर गुरुङ धेरै सहकर्मीका रोजाइका फोटो पत्रकार थिए । केही नयाँ गरौं भन्ने हुटहुटी थियो । आइलागेका काममा नाइनास्ती नगरी सोझै दौडिहाल्थे ।
अहिले उनलाई लाग्छ, सायद त्यही स्वभावले उनले २८ भदौ २०५९ मा करिअरकै सबैभन्दा ठूलो समाचार तस्वीर ‘स्कुप’ गर्ने मौका पाए । यो उनका लागि एउटा फगत समाचार तस्वीर मात्र थिएन । कुख्यात अपराधी चार्ल्स शोभराजलाई जेल पठाउने विषय पनि थियो ।