महिन्द्रा राय यादवभन्दा कान्छा पशुपतिशम्शेरले कसरी पाए सांसदलाई शपथ गराउने अवसर?

पहिलोपोष्ट

काठमाडाैँ

प्रतिनिधि सभाका सांसदमध्ये सबैभन्दा जेठो हुन् - महिन्द्रा राय यादव। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष समेत रहेका ८५ वर्षका यादव माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडाबाट निर्वाचित भएका हुन्। सभामुखको निर्वाचन नभएको अवस्थामा संसदको जेष्ठ सदस्यले सांसदहरुलाई शपथ खुवाउने र त्यसअघि जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनुपर्ने व्यवस्था छ। जेष्ठ सदस्यले नै सभामुखको निर्वाचन नभएम्म बैठकको अध्यक्षता गर्ने छ। अधिवेशन आह्वान भएको १५ दिनमा सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था संविधानको धारा ९१(१) मा छ।

'प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुबै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले जेष्ठ सदस्यले गर्ने,' संविधानको धारा (९१)५ मा भनिएको छ। यस हिसाबले यादवले शपथ गराउनुपर्ने भए पनि  उनले शपथग्रहण गराउने छैनन् सांसदहरुलाई। बरु यादव भन्दा ५ वर्ष कान्छा सांसद पशुपतिशम्शेर राणाले प्रतिनिधि सभाका सदस्यहरुलाई सपथ ग्रहण गराउने छन्। जेठो यादव हुँदाहुँदै किन पशुपतिले गराउँदैछन् त शपथ?

प्रकाशित मिति: : 2022-12-21 18:05:00

प्रतिकृया दिनुहोस्