अमेरिकाको क्यालिफोर्नियामा भूकम्प: दुईको मृत्यु, नेपाली सुरक्षित

बिएल संवाददाता

लज एञ्जलस, अमेरिका

अमेरिकाको पश्चिमतटीय राज्य क्यालिफोर्नियामा मंगलबार विहान गएको भूकम्पमा परी दुईजनाको ज्यान गएको छ भने ठूलो संख्यामा मानिस घाइते भएको जनाइएको छ।

नेपालीहरूको बाक्लो बसोबास रहेको उत्तरी क्यालिफोर्नियाको सान्फ्रान्सिस्को क्षेत्रमा गएको यो भूकम्पमा नेपालीहरू भने नपरेको स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिहरूले बताएका छन्। 

भूकम्पको केन्द्रविन्दु सान्फ्रान्सिस्को देखि ३५० किलोमिटरमा भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ।

भूकम्प ६.४ रेक्टर स्केल मापन गरिएको छ। बीचमा २.५ देखि ४.६ रेक्टर स्केलमा ८० परिकम्पन पनि मापन गरिएका छन्।

भूकम्प पश्चिम तटीय समयअनुसार मंगलबार विहान २ बजेर ३४ मिनेटमा गएको थियो। 

भूकम्पका कारण बिजुली जाँदा हजरौ मानिस विजुली बिनाको जीवन बाँचिरहेका छन्। घर र बाटाहरूमा ब्यापक क्षति क्षति पुर्याएको छ। 

अमेरिकाको पश्चिमतट प्रशान्त महासागर किनारामा रहेको छ जहाँ ससाना भूकम्पका परकम्पनहरू सामान्य मानिन्छन्।

प्रकाशित मिति: : 2022-12-21 04:05:00

प्रतिकृया दिनुहोस्