इन्डोनेसियाले सन् २०२३ मा ७०० मिलियन टन कोइला उत्पादन गर्ने

फाइल तस्बिर
फाइल तस्बिर

सन् २०२३ मा इन्डोनेसियाले घरेलु आपूर्ति र निर्यातको माग पूरा गर्न आफ्नो कोइला उत्पादन ६९ करोड ४० लाख टन पु-याउने लक्ष्य राखेको देशको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ।

'हामीलाई थाहा छ सन् २०२२ मा हामीले ६६ करोड ३० लाख टन उत्पादन गर्ने लक्ष्य राखेका थियौँ र हालसम्म उत्पादन ९४.६ प्रतिशत अर्थात् करिब ६२ करोड ७० लाख टन पुगेको छ। अर्को वर्ष हाम्रो घरेलु आवश्यकता बढ्दै गएको छ' मन्त्रालयको खनिज तथा कोइला महानिर्देशनालयका कोइला व्यवसायका लाना सारियाले भर्चुअल सेमिनारमा भनेका छन्।

उनले युरोपेली देशहरूबाट इन्डोनेसियाको उच्च कोइलाको माग उच्च रहेको बताएका छन्। 

प्रकाशित मिति: : 2022-12-20 21:35:00

प्रतिकृया दिनुहोस्