लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवनमरणको संघर्ष गरेका योद्धा नै पछिल्लो समय देशमा चलेको राजनीतिसँग वाक्कदिक्क देखिन थालेका छन्। उनीहरूको प्रतिक्रिया हुने गरेको छ– हामीले रोपेको सुन्तला, फल्यो भोगटे । हाम्रो लोकतन्त्र लोकतन्त्रजस्तो हुन सकेन।
राजनीतिप्रतिको वितृष्णा यति बाक्लो बनिरहेको छ कि लोकतन्त्रको अझ उन्नत मोडल वा ढाँचा बारेको बहस र छलफल नै प्रभावित छ । विकल्प खोज्नेहरू पनि ‘तावाबाट भुङ्ग्रामा’ भनेजस्तो बनिरहेका छन् । निराशाको तुँवालो बढेर अगाडि बढ्ने ‘भिजिबिलिटी’ कम हुँदैछ र पछाडि फर्कन चाहनेहरूलाई अनुकूल बनिरहेको छ ।