दुई देशका सेनाबीच किन दोहोरियो तनाव, के यो चीनको नयाँ रणनीति हो

बिबिसी

काठमाडाैँ

अरुणाचल प्रदेशको तवाङ्ग क्षेत्रनजिकै भारत–चीन सीमामा दुई देशका सेनाबीच भएको झडप भारत र चीन दुवैले स्वीकार गरेका छन्।

भारत र चीन दुवैले एकअर्कालाई आफ्नो भूमिमा अतिक्रमण गरेको आरोप लगाएका छन्। भारतका रक्षामन्त्रीले संसद्‌मा चिनियाँ सेनाले तवाङ्गको याङ्त्से क्षेत्रमा वास्तविक नियन्त्रणरेखामा अतिक्रमण गरेर एकतर्फी रूपमा विद्यमान अवस्थालाई परिवर्तन गर्ने प्रयास गरेको भए पनि भारतीय सेनाले त्यसलाई विफल बनाइदिएको बताएका छन्।

भारतीय रक्षामन्त्रीका अनुसार उक्त झडपमा भारतीय सैनिकको मृत्यु भएको छैन र कोही पनि गम्भीर घाइते भएका छैनन्।

मन्त्री राजनाथ सिंहले यो भिडन्तमा दुवै देशका सैनिक घाइते भए पनि कसैको मृत्यु नभएको बताएका छन्।

प्रकाशित मिति: : 2022-12-14 18:21:00

प्रतिकृया दिनुहोस्