जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप सोमबार दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा बोलेरो जीप दुर्घटनामा परेको जाजरकोटका प्रहरी निरिक्षक नविन चदालिले जानकारी दिए।