भुइँमा सुत्दाका फाइदाहरू

parenting.firstcry.com
parenting.firstcry.com

के तपाँइहरूलाई थाहा छ? भुइँमा सुत्दा धेरै फाइदा हुने गर्छ।

हामी दिनभरि काम गर्छाैँ अनि घर फर्कनासाथ डङ्ररङ ओछ्यानमा पछारिँन्छाै, यसले शरिरलाई त आराम दिलाए जस्ताे त हाेला तर यसरी स्वास्थ्यलाई हानि पनि पुग्छ। गद्दासहितको खाटमा सुत्दा कम्मर र गर्दनमा पीडा हुन्छ। तर भुइँमा सुत्न कम्मर तथा ढाड दुख्ने समस्याले हुदैँन। 

कम्मर दुख्ने समस्या अहिले आम समस्या भएको छ र जुनसुकै उमेरका मानिसलाई यसले सताउँछ। तपाईंमा पनि यो समस्या छ भने भुइँमा सुत्न थाल्नुस्।

काँध र गर्दनमा पीडा हुने समस्या आजकलका मानिसलाई खुबै हुन्छ। लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन्। काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुस्।

शरीरमा सही रक्तसञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुस्। यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ।

दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु नै हो। भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ।

बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस्। यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ।

शरीरको क्षमताअनुसार भुइँमा सुत्न थाल्नुस् त। तपाईं धेरै आनन्दित महसूस गर्नुहुनेछ!
 

प्रकाशित मिति: : 2022-12-11 15:26:00

प्रतिकृया दिनुहोस्