पानीको राजनीति!

सेतोपाटी

मुकेश काफ्ले

विश्व परिदृश्यमा अन्तर्राष्ट्रिय नदीहरू द्वन्द्वको स्रोत र सहकार्यको प्रेरणाका रूपमा रहँदै आएका छन्। समय क्रमसँगै पानीको विकल्प नहुनु र स्रोतमा कमी हुँदै जानु यसको मूल कारण हो। क्षेत्रीय रूपमा अन्तर्राष्ट्रिय नदीको जलस्रोत उपयोगिता र सहकार्यलाई लिएर दुई वा बहुपक्षीय देशहरूबीच द्वन्द्व र विवाद सिर्जना भएका छन्।

अन्तर्राष्ट्रिय नदीको उपयोगिता र सहकार्यलाई लिएर जटिल विवाद र द्वन्द्व भएको क्षेत्र हो– दक्षिण एसिया।

यस क्षेत्रभित्र हिमालय ब्लकका देशहरूको उपनामले चिनिएका भारत, बंगलादेश, नेपाल, भुटान र पाकिस्तान पर्छन्। दक्षिण एसिया विश्वकै बढी जनघनत्व भएको क्षेत्र पनि हो।

यो क्षेत्रमा ब्रह्मपुत्र, गंगा र इन्दुस नदीसहित करिब २० वटा ठूला नदीहरू छन्। यी सबै नदीहरू तिब्बतमा उत्पत्ति भएका छन्। यो क्षेत्रको अधिकांश भूभागको पानीको आवश्यकता यिनै नदी बेसिनबाट पूरा भएको छ।

प्रकाशित मिति: : 2022-12-08 11:21:00

प्रतिकृया दिनुहोस्