दोहामा विश्वकप प्रतियोगिता हुँदै गर्दा कतारको मानवअधिकारको अवस्थाबारे अनेक कुराकानी भइरहेको छ। कतारमा रङ्गशाला अनि होटेल निर्माणमा खटिएका आप्रवासी कामदारहरूको अवस्थाबारे धेरै लेखिएको छ, तर कतारका शासक वर्गका लागि काम गर्ने घरेलु कामदारहरूको अवस्था के छ त?
बीबीसीकी लैङ्गिक तथा पहिचान मामिला सम्वाददाता मेघा मोहनले बिना छुट्टी लामो समयसम्म काम गर्न बाध्य दुई जना घरेलु कामदारसँग कुरा गरेकी छन्।अबेर रातमा कतारका सम्भ्रान्त वर्गमा पर्ने रोजगारदाता सुत्न गएपछि मैले ग्लेडिजलाई (नाम परिवर्तन गरिएको) सम्पर्क गरेँ।
छोटो अनलाइन संवादका क्रममा उनले आफूले बिहान ८ बजेदेखि साँझको ११ बजेसम्म काम गर्ने गरेको बताइन्। उनले सरसफाइको काम, खाना बनाउन सहयोग अनि बालबालिकाको रेखदेख गर्छिन्।