चितवनमा १७ किलो अवैध लागु औषध गाँजासहित दुई जना पक्राउ परेका छन्। कालिका नगरपालिका ११ मझबाङबाट गए राति अवैध लागु औषध गाँजासहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पक्राउ पर्नेहरूमा स्थानीय ४० वर्षीय बुद्धिबहादुर चेपाङ र २४ वर्षीय विनोद चेपाङ रहेका छन्। घरमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ।