सरकारले भन्यो- चोलेन्द्रविरुद्वको महाभियोग प्रस्ताव जीवितै छ, आगामी संसदमा छलफल हुन्छ 

File Photo
File Photo

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्वको महाभियोग प्रस्ताव संसदमा जीवितै रहेको बताएका छन्।

सङ्घीय संसद् सचिवालयले जबराविरुद्वको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिइसकेपछि बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले यस्ताे बताएका हुन्।

उनले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले आगामी प्रतिनिधिसभामा छलफल भएर यो विषय निर्णयमा पुग्ने बताए।

‘महाभियोग प्रस्ताव जिवितै छ', कार्कीले भने, 'महाभियोगसम्बन्धी प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल भई तयार भएको प्रतिवेदन अब गठन हुने प्रतिनिधिसभामा छलफल हुनेछ।'

प्रकाशित मिति: : 2022-12-07 15:06:00

प्रतिकृया दिनुहोस्