मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउन यसकारण दियो धम्की

File Photo
File Photo

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ।

मेटाले नयाँ कानुनप्रति आपत्ति जनाएको छ, जसले समाचार संस्थाहरूलाई फेसबुकमा सेयर गरिएको सामग्रीको लागि शुल्क लिनेसम्बन्धी विषयमा वार्ता गर्न थप शक्ति दिनेछ।

अष्ट्रेलियामा पारित भएको यस्तै कानुनले गत वर्ष छोटो समयका लागि फेसबुकमा समाचार पोस्ट गर्न अस्थायी रुपमा निलम्बन निम्त्याएको थियो।

तिनीहरूको प्लेटफर्मले संघर्षरत समाचार आउटलेटहरूमा बढ्दो गतिविधिलाई सहयोग गर्ने मेटाको दाबी छ।

‘फेसबुकले प्रकाशकहरुको बटम लाइनलाई फाइदा गर्ने भएकाले’ आफ्ना सामग्री फेसबुकमा राख्ने गरेको मेटाले जनाएको छ।

पत्रकारिता प्रतिस्पर्धा र संरक्षण ऐन (जीसीपीए) भनेर चिनिने यो विद्येयक मिनेसोटाका सिनेटर एमी क्लोबुचरले कंग्रेसमा पेस गरेका थिए र यसमा द्विपक्षीय समर्थन छ।

यसले प्रकाशक र प्रसारकहरूलाई विज्ञापन राजस्वको ठूलो हिस्साको लागि सामाजिक मिडिया कम्पनीहरूसँग सामूहिक रूपमा बार्गेनिङ गर्न ठूलो शक्ति दिनेछ।

प्रकाशित मिति: : 2022-12-07 08:31:00

प्रतिकृया दिनुहोस्