प्रकाशमानलाई भेट्न कृष्णगोपाल चाक्सीबारीमा

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ भने समानुपातिकको पनि आउने नतिजाको अनुमान भइसकेको छ।

यस अवस्थामा दलीय समीकरण कस्तो बन्ला भन्ने आमचासो बढिरहेका बेला नेताहरुले भेटवार्तालाई तीव्रता दिइरहेका छन्। बधाई तथा शुभकामना आदनप्रदानको बहानामा उनीहरु राजनीतिक समीकरण निर्माणका लागि भेटवार्ता गरिरहेका छन्।

प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेसका प्रकाशमान सिंहलाई भेट्न सोमबार एमालेका कृष्णगोपाल श्रेष्ठ चाक्सीबारीमा पुगेका हुन्।

सिंह निवास चाक्सीबारी पुगेका श्रेष्ठ र सिंहबीच बधाई तथा शुभकामना आदनप्रदानसहित राजनीतिक तथा समसामयिक विषयमा कुराकानी भएको छ।

सिंह काठमाडौँ १ बाट निर्वाचित भएका हुन् भने श्रेष्ठ काठमाडौं ९ बाट विजयी भएका हुन्।

प्रकाशित मिति: : 2022-12-05 17:39:00

प्रतिकृया दिनुहोस्